२१ जेष्ठ २०८३, बिहीबार

ताजा-अपडेट

गुलरियाको थप एक वडालाई बालविवाहमुक्त वडा घोषणा गरियो

गुलरियाको थप एक वडालाई बालविवाहमुक्त वडा घोषणा गरियो

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, मंसिर १३ । बर्दियाको गुलरिया नगरपालिकाको थप एक वडालाई पनि बालविवाहमुक्त वडा घोषणा गरिएको छ । नगरपालिकाको वडा नम्बर ५,६ र ७ गरेर तीनवटा वडालाई बालविवाहमुक्त वडा घोषणा गरिए लगत्तै वडा नम्बर १ लाई पनि बालविवाहमुक्त वडा घोषणा गरिएको हो । प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको सहकार्यमा गुलरिया नगरपालिकाको वडा नं १ लाई औपचारिक रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको छ । गुलरिया नगरपालिका वडा नम्बर १ का अध्यक्ष जोगीराम थारुको अध्यक्षतामा आयोजित भव्य समारोहमा उक्त घोषणा गरिएको हो । कार्यक्रममा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गुलरिया नगरपालिकालाई बालविवाहमुक्त पालिका बनाउने उदेश्यले वडाहरु धमाधम बालविवाहमुक्त घोषणा भइरहेको बताउनुभयो । उहाँले सन् २०८१ भित्र गुलरिया नगरपालिकालाई बालविवाहमुक्त क्षेत्र बनाउने प्रतिबद्धता फेरी पनि दोहोर्याउनुभयो ...
गुलरिया नगरपालिकाका तीन वडालाई एकै पटक बालविवाहमुक्त वडा घोषणा गरियो

गुलरिया नगरपालिकाका तीन वडालाई एकै पटक बालविवाहमुक्त वडा घोषणा गरियो

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, मंसिर १२ । बर्दियाको गुलरिया नगरपालिकाका तीन वडा वडालाई एकै पटक बालविवाहमुक्त वडा घोषणा गरिएको छ । प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको सहकार्यमा गुलरिया नगरपालिकाका वडा नम्बर ५, ६ र ७ लाई एक भव्य समारोहबीच औपचारिक रूपमा बालविवाहमुक्त वडा घोषणा गरिएको हो । गुलरिया नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सुदाम्शु प्रकाश शर्माको अध्यक्षतामा सम्पन्न भएको बालबिवाहमुक्त वडा घोषणा समारोहमा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गुलरिया नगरपालिकाका सबै वडालाई बालविवाहमुक्त वडा घोषणा गरिने जनाउँदै सोही अभियान अन्तर्गत तीन वडा वडालाई घोषणा गरिएको बताउनुभयो । उहाँले सो घोषणामा प्लान नेपाल र अन्य विभिन्न संघसंस्थाहरुको सहयोग तथा भूमिका निकै सराहनीय रहेको बताउनुभयो । गुलरिया नगरपालिकालाई २०८१ साल भित्रै बालविवाहमुक्त पालिका बनाउने प्रतिवद्धता सो अवसरमा मेय...
नरैनापुरका प्रमुख प्रशासकीय अधिकृतको कानुन विपरीत भएको सरुवा रोक्न कर्मचारीहरु आन्दोलित

नरैनापुरका प्रमुख प्रशासकीय अधिकृतको कानुन विपरीत भएको सरुवा रोक्न कर्मचारीहरु आन्दोलित

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, ११ मंसिर । बाँकेको नरैनापुर गाँउपालिकाले प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीको सरुवा रोक्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ । गाँउपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजु कुमार गुप्ता संग फोनका कुरा गर्दै प्रमुख प्रशासकीय अधिकृत जनक लाल चौधरीको सरुवा रोक्न अनुरोध गर्नु भएको हो । नरैनापुर गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा ९पदस्थापन० गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय कानून विपरीत भई त्रुटिपूर्ण भएको भन्दै गाँउपालिकाका अध्यक्ष शाहले उक्त निर्णय बदर गरिदिन मन्त्री गुप्ता र सचिव भरत मणि सुबेदी संग अनुरोध गर्नु भएको छ । नरैनापुरका अध्यक्ष शाहले भन्नुभयो,‘निजामती सेवा ऐन, २०४९ को दफा १८ को उपदफा ३ मा “‘निजामती कर्मचारीको सरुवा गर्दा सम्बन्धित अख्तियारवालाले साम...
गल्र्स टेक ओभर अभियान ः १४ बर्षीया कामना बनिन् कर्णाली प्रदेशको सामाजीक विकास मन्त्री

गल्र्स टेक ओभर अभियान ः १४ बर्षीया कामना बनिन् कर्णाली प्रदेशको सामाजीक विकास मन्त्री

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, शिक्षा
समाचारदाता नेपालगन्ज, मंसिर ११ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिनःअन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा कालिकोटकी १४ वर्षीय कामनाले कर्णाली प्रदेश, सामाजीक विकास मन्त्रालयका मन्त्रीे घनश्याम भण्डारीको भूमिका निर्वाह गर्नु भएको छ । बालबालिकाको अधिकार प्रबर्धन, बालिका र किशोरीको समानता र सशक्तिकरणका लागि क्रियासिल संस्था प्लान इन्टरनेशनलले सञ्चालन गरेको गल्र्स टेक ओभर अभियान अन्तर्गत कामनाले मन्त्रीको भूमिका निर्वाह गर्नु भएको हो । उक्त अवसरमा किशोरी मन्त्रीले बालबालिका र किशोरीहरु माथिहुने सबै खालको हिंसाको अन्त्य हुनुपर्ने माग गर्नुभयो । मन्त्रि बने पछी उहाँले कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको काम र योजनाबारे जानकारी लिनुभयो । शिक्षा, स्वास्थ्य र सामाजीक विकास महाशाखाका प्रमुखहरुले मन्त्रालयद्धारा भए गरेका कामहरु र आगामी योजनाबारे जानकारी दिनु भएक...
निशुल्क स्वास्थ्य शिविरमा उपचारकालागि मधेशी र मुस्लिम महिलाहरु ओइरिए

निशुल्क स्वास्थ्य शिविरमा उपचारकालागि मधेशी र मुस्लिम महिलाहरु ओइरिए

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
डुडुवामा आयोजित शिविरमा ३५७ जनाले स्वास्थ्य परीक्षण गराए, ५१ जनाको पाठेघरको मुखको क्यान्सर परीक्षण सिराज खान नेपालगन्ज, मंसिर ११ गते । पश्चिम नेपालको स्वास्थ्य उपचारको हब बनेको नेपालगन्ज उपमहानगरपालिकाको छेउमै रहेको डुडुवा गाउँपालिकामा आयोजित एक स्वास्थ्य शिविरमा मधेशी र मुस्लिम महिलाहरु ठुलो संख्यामा उपचारका लागि पुगेका छन् । नेपालगन्जबाट करिब ७ किलोमिटरको मात्र दुरीमा रहेको डुडुवा ६ हिरमिनियामा रहेको स्वास्थ्य चौकीमा सञ्चालन गरिएको महिला यौन तथा प्रजनन् स्वास्थ्य निशुल्क शिविरमा थामिनसक्नु गरि स्थानीय महिलाहरु उपचारका लागि पुग्नुभयो । मधेशी र मुस्लिम समुदायको बाहुल्यता रहेको सो वडा र वरिपरिका वडाबाट धेरै ठुलो संख्यामा महिलाहरु शिविरमा आएर वरिष्ठ चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गराउनु भएको डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो । उहाँले सोचे भन्दा धेर...
पर्यावरण संरक्षण सम्बन्धी एकदिने तालिम बर्दियामा सम्पन्न

पर्यावरण संरक्षण सम्बन्धी एकदिने तालिम बर्दियामा सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, कात्तिक २६ । बाँके यूनेस्को क्लब र प्लान इंटरनेशनल नेपालको साझेदारीमा सञ्चालित ग्रिन इकोनोमि परियोजना अन्तर्गत पर्यावरण संरक्षण सम्बन्धी एकदिने तालिम बर्दियामा सम्पन्न भएको छ । बर्दिया, भुरीगाउँमा सफलतापूर्वक सम्पन्न भएको सो तालिममा २५ जना १८ देखि २४ वर्ष उमेर समूहका युवतीहरूको सक्रिय सहभागिता रहेको थियो । तालिमको मुख्य उद्देश्य युवतीहरूलाई वातावरण र हरित अर्थतन्त्रको महत्व, प्रदूषित वातावरणका कारण विश्व तापमान बढ्दै जानु र जलवायु परिवर्तन जस्ता नकारात्मक प्रभावहरूको बारेमा ज्ञान प्रदान गर्नु रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँका अनुसार प्रशिक्षकहरूले समुदाय स्तरमा वातावरण संरक्षणका लागि गर्नुपर्ने आवश्यक पहलहरू बारे र विद्यमान पर्यावरणीय कानून तथा यसको प्रभावकारी कार्यान्वयनका महत्वका बारेमा बिस्तृत रुपमा जानकारी ...
सशस्त्र प्रहरीद्धारा बाँके र बर्दियाका सीमावर्ति क्षेत्रका वडा अध्यक्षसंग सीमा सुरक्षा बारे छलफल

सशस्त्र प्रहरीद्धारा बाँके र बर्दियाका सीमावर्ति क्षेत्रका वडा अध्यक्षसंग सीमा सुरक्षा बारे छलफल

ताजा-अपडेट, मुख्य समाचार, विविध
सिराज खान नेपालगन्ज, कात्तिक ११ गते । नेपाल भारत नाकामा खटिएको सशस्त्र प्रहरी बलले बाँके र बर्दियाका नाकामा रहेका स्थानीय तहका वडा अध्यक्षहरूसँग सीमा सुरक्षा को बिषयमा अन्तरक्रिया र छलफल गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर पाँच बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देही चन्द्रौटा कपिलवस्तुको आयोजनामा ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत नेपालगन्जस्थित आइसीपिमा सो कार्यक्रम गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बाँके र बर्दियाका सीमानामा पर्ने वडाहरुका वडा अध्यक्षहरूसँग सीमा इलाकाहरूमा हुन सक्ने लागुऔषध ओसारपसार, चोरी पैठारी, मानव बेचबिखन, अपराधिक गतिविधि नियन्त्रणमा सशस्त्र प्रहरीले जनतासंग सहकार्य गर्ने उदेश्यले अन्तरक्रिया गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेड क्वाटर बागेश्वरी बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले बताउनुभयो । सो छलफलमा बिन्ध्याबासिनी बा...
जलवायु संकट र विपद् जोखिम व्यवस्थापन सम्बन्धि दुई दिने तालिम सम्पन्न

जलवायु संकट र विपद् जोखिम व्यवस्थापन सम्बन्धि दुई दिने तालिम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, कात्तिक १० । बाँके युनेस्को क्लबलले बर्दियाको गुलरियामा सञ्चालन गरेको जलवायु संकट, विपद् जोखिम व्यवस्थापन, सरसफाई स्वच्छता र मानवीय सहायतासम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालित बालिका शसक्त परियोजनाअन्तर्गत सो तालिमको आयोजना गरिएको थियो । किशोरी क्लब र युवा क्लबका सदस्यहरूलाई विपदबाट हुने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न सावधानीका उपायहरू अवलम्बन गर्न र जोखिममा परेका समुदायलाई सचेत गराउनुका साथै जलवायुको संकटलाई कम गर्न समुदाय स्तरमा अभियान संचालनमा महत्वपूर्ण ज्ञान प्रदान गर्ने उद्देश्यले सो तालिम संचालन गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । दुई दिनसम्म सञ्चालन गरिएको सो तालिममा जम्मा २७ जनाको सहभागीता रहेको थियो । तालिमका सहजकर्ता हरि सुबेदीले...
लैङ्गिक रूपान्तरण शिक्षा र शिक्षाशास्त्रमा क्षमता निर्माण सम्बन्धी तीन दिने तालिम शुरु

लैङ्गिक रूपान्तरण शिक्षा र शिक्षाशास्त्रमा क्षमता निर्माण सम्बन्धी तीन दिने तालिम शुरु

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, कात्तिक ९ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बालिका ससक्त परियोजना अन्तर्गत बर्दियाको गुलरियामा लैङ्गिक रूपान्तरण शिक्षा र शिक्षाशास्त्रमा क्षमता निर्माण सम्बन्धी ३ दिने तालिम शुरु भएको छ । तालिमको उदघाटन गर्दै पूर्व सिंचाई मन्त्री एवम बर्दियाका संघिय सांसद संजय कुमार गौतमले बिद्यालयमा लैङ्गिक रूपान्तरणमुखी शिक्षा लागु गर्नु पर्ने कुरा महत्वपूर्ण भएको बताउनु भयो । उहाँले लैङ्गिक रूपान्तरण शिक्षाको नीति निर्माणमा कार्य गर्ने कुरालाई जोड दिनु पर्ने बताउनु भयो । पूर्व मन्त्री गौतमले शिक्षाको क्षेत्रमा पछिल्लो समयमा धेरै काम भएको बताउनुभयो । बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको सभापतित्वमा सञ्चालन गरिएको तालिमको उदघाटन कार्यक्रममा गुलरिया नगरपालिका, शिक्षा, युवा तथा खेलकुद साखाका प्राबिधिक सहायक चन्द्र बहादुर खत्री...
बर्दियाका शिक्षकहरुकालागि शिक्षामा सुचना र प्रबिधि बिषयक तालिम शुरु

बर्दियाका शिक्षकहरुकालागि शिक्षामा सुचना र प्रबिधि बिषयक तालिम शुरु

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, कात्तिक ९ गते । बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रको सयुक्त आयोजनामा शिक्षामा सुचना तथा प्रबिधि बिषयक चार दिने तालिम बर्दियाको गुलरियामा सुरु भएको छ । क्लब र जनसेवा केन्द्रले प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा बर्दियामा सञ्चालन गरिरहेको बालिका शसक्त परियोजना अन्तर्गत सो तालिम आयोजना गरिएको हो । शिक्षामा सूचना प्रबिधिलाइ जोड दिदै शिक्षण सिकाई प्रक्रियामा सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै बिद्यार्थीको सिकाई उपलब्धि बृद्धि गर्ने उदेश्यका साथ संचालन गरिएको सो तालिममा बर्दियाका सात पालिकाका ३० जना शिक्षकको सहभागिता रहेको छ । बाँके युनेस्को क्लबका कार्यसमिति सदस्य भाबुक जंग थापाको अध्यक्षतामा भएको तालिमको उदघाटन सत्रको कार्यक्रमको सञ्चालन बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत इश्वर बिकले गर्नुभएको थियो भने सहभागीलाई स्वागत मन्तब्य राधा कृष्ण ...