९ चैत्र २०८२, सोमबार

ताजा-अपडेट

ठाकुरबाबामा व्यवसायीक साक्षरता तथा लेखा व्यवस्थापन तालिम शुरु

ठाकुरबाबामा व्यवसायीक साक्षरता तथा लेखा व्यवस्थापन तालिम शुरु

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, साउन २६ । बर्दियाको ठाकुरबाबामा विभिन्न व्यवसाय संचालन गरिरहेका युवा महिलाहरुकोलागि तीन दिने व्यवसायिक साक्षरता तथा लेखा व्यवस्थापन तालिम ठाकुरबाबा नगरपालिकामा शुरु भएको छ । सो तालिम प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजनाद्धारा आयोजना गरिएको हो । उक्त तालिमको मुख्य उद्देश्य युवा महिलाहरुको व्यवसायीक ज्ञानमा अभिवृद्धि, व्यवसायको निरन्तरतन, वचत गर्ने बानिको विकास तथा व्यवसायमा भएको कारोबारहरुको खाता संचालन तथा लेखापालान गर्न सक्षम बनाउनु रहेको जनाईएको छ । सोही पकारले व्यवसायको व्यवसायिक योजनाको पुनराओलकन, स्थानीय सरकारबाट सुविधा र कार्यक्रममा सरभागीताकालागि सक्षम बनाई दिर्घकालिन रुपमा व्यवसायको विकास विस्तार गरी दैनिक जिबिकोपार्जनमा सहजता ल्याउनु तालिमको उदेश्य रहेको बाँके युनेस्को क्लबका परियोजना संयोजक गोबिन्द प्रसाद लामिछ...
समावेशी प्यानल १७ प्रतिबद्धतासहित प्रचार प्रसारमा होमियो

समावेशी प्यानल १७ प्रतिबद्धतासहित प्रचार प्रसारमा होमियो

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
अधिकांश उद्योगी व्यवसायीको समर्थन हामीलाई छ–टंक धामी सिराज खान नेपालगन्ज, साउन २४ । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी २ भदौमा हुने निर्वाचनका लागि टंक धामीको नेतृत्वमा निर्वाचनमा होमिएको समावेशी प्यानलले १७ बुँदे प्रतिबद्धता सार्वजनिक गरेर प्रचार प्रसारलाई तिव्र पारेको छ । सो प्यानलका सबै प्रतिबद्धता स बाट सुरु भएका छन् । सार्वजनिक गरिएका प्रतिवद्धता पुरा गर्ने योजनाका साथ प्यानलले व्यवसायीहरुको दैलोमा पुगेर सहयोग समर्थन माग्ने काम गरिरहेको छ । समावेशी प्यानलले अघि चुनावी एजेण्डा बनाएका १७ वटा प्रतिवद्धताहरुमा सशक्त उद्योग वाणिज्य संघ, स्वस्थ व्यवसायी योजना, समानान्तर संस्थालाई निरुत्साहीत गर्ने, सद्भावमा नेतृत्वदायी भूमिका, सरलीकृत एकद्वार कर प्रणाली, सभागृह र प्रदर्शनी स्थल निर्माण, समृद्ध आर्थिक क्षेत्र ः लगानी सम्मेलन, सुधार जडिबुटी व्यवसायमा, सुरु गरौं ः नेपालगञ्ज –दिल्ली उडान,...
बाँकेमा माओवादी पार्टीलाई नयाँ उचाईमा पुरयाउने मुख्य लक्ष्य लिएको छु – जिल्ला संयोजक पाण्डे

बाँकेमा माओवादी पार्टीलाई नयाँ उचाईमा पुरयाउने मुख्य लक्ष्य लिएको छु – जिल्ला संयोजक पाण्डे

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, साउन २३ । नेकपा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे जेम्सले आफुले बाँकेमा माओवादी केन्द्रलाई नयाँ उचाईमा पुरयाउने मुख्य लक्ष्य र उदेश्यका साथ काम शुरु गरेको बताउनु भएको छ । उहाँले भन्नुभयो – बाँके जिल्लामा माओवादी केन्द्रलाई सबैभन्दा ठुलो दल बनाउने मेरो मुख्य लक्ष्य रहेको छ । सोही उदेश्यका साथ पार्टीलाई नयाँ तरिकाले रुपान्तरण गर्दै अगाडी बढ्नेछु । प्रेस सेन्टर बाँकेको आयोजनामा सेन्टरका केन्द्रिय र प्रदेशसमितका पदाधिकारी र सदस्य लगायत जिल्ला कार्यसमिति र पालिका समितिका पदाधिकारी सम्मिलित मंगलवार भएको बैठकमा बोल्दै संयोजक पाण्डेले माओवादी केन्द्र बाँकेमा अब कुनै पनि गुट उपगुट नभएको र हुन नदिने दावी गर्दै सबैले एक ढिक्का भएर पार्टीको सिद्धान्त र विधान अनुसार काम गर्ने बताउनुभयो । उहाँले हिजोका दिनमा के के भयो र के के भएन त्यसलाई थाति राखेर अब सबैले मिलेर मा...
दिगो जिविकोपार्जनलागि व्यवसायीक साक्षरता तथा लेखा व्यवस्थापन तालिम शुरु

दिगो जिविकोपार्जनलागि व्यवसायीक साक्षरता तथा लेखा व्यवस्थापन तालिम शुरु

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, साउन २२ । बर्दियामा विभिन्न व्यवसाय संचालन गरिरहेका युवा महिलाहरुको लागि तीन दिने व्यवसायिक साक्षरता तथा लेखा व्यवस्थापन तालिम गुलरिया नगरपालिकामा सोमवारबाट शुरु भएको छ । सो तालिम प्लान नेपालको सहयोगमा बाँके युनेस्कोद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत आयोजना गरिएको हो । युवा महिलाहरुको व्यवसायीक ज्ञानमा अभिवृद्धि, व्यवसायको निरन्तरता, वचत गर्ने बानिको विकास तथा व्यवसायमा भएको कारोबारको खाता संचालन तथा लेखापालान गर्न सक्षम बनाउनु उक्त तालिमको मुख्य उद्देश्य रहेको जनाईएको छ । बाँके युनेस्को क्लबका परियोजना संयोजक गोबिन्द प्रसाद लामिछानेले व्यवसायको व्यवसायिक योजनाको पुनरावलोकन, स्थानीय सरकारबाट सुविधा र कार्यक्रममा सरभागीताकालागि सक्षम बनाई दिर्घकालिन रुपमा व्यवसायको विकास विस्तार गरी दैनिक जिबिकोपार्जनमा सहजता ल्याउनु पनि कार्यक्रमको उदेश्य रहेको बता...
काज र करारका चिकित्सक तथा कर्मचारीले मात्र धानेको खजुरा क्यान्सर अस्पताल

काज र करारका चिकित्सक तथा कर्मचारीले मात्र धानेको खजुरा क्यान्सर अस्पताल

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सरकारसंग ४०० जना जनशक्ति माग गरेका छौं–अस्पताल प्रमुख सिराज खान नेपालगञ्ज, साउन २१ गते । बाँकेको खजुरामा सञ्चालनमा रहेको सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालले हरेक वर्ष पश्चिम नेपालका ३० हजार क्यान्सरका बिरामीहरुको उपचार गरिरहेको छ । यति धेरै क्यान्सरका बिरामीको उपचार गर्ने सो अस्पतालमा रहेका सबै चिकित्सक र कर्मचारी काज र करारका मात्र हुनुहुन्छ । अस्पतालमा हालसम्म एक जना पनि स्थायी दरबन्दी छैन । काज र करारामा रहनु भएका चिकित्सक र कर्मचारीहरु पनि आवश्यकताको २५ प्रतिशत मात्रै रहेको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निरज भट्टराईले दैनिक २०० देखि ३०० सम्म बिरामी उपचारका लागि आउने सो अस्पतालमा एक जना पनि स्थायी दरबन्दी नभएको जनाउँदै काज र करारमा रहेको जनशक्ति पनि निकै अपुग रहेको बताउनुभयो । उहाँले अस्पतालमा हाल चिकित्सक र कर्मचारी गरेर ११० जना रहेको जनाउँदै आफुले सं...
पुर्वमन्त्री राईद्धारा ख्वाजा फुड सेन्टरको उदघाटन

पुर्वमन्त्री राईद्धारा ख्वाजा फुड सेन्टरको उदघाटन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगन्जमा होटल र रेस्टुरेन्ट खुल्ने क्रम बढ्यो समाचारदाता नेपालगन्ज, साउन १ । पुर्वमन्त्री तथा जनता समाजवादी पार्टीका कार्यकारीणी सदस्य मोहम्मद ईश्तियाक राईले सोमवार नेपालगन्जमा सञ्चालनमा आएको एक रेष्टुरेन्टको उद्घाटन गर्नु भएको छ । नेपालगन्ज आदर्शनगरस्थित सुर्खेतरोडको होटल स्नेहा र मल्टिप्लेक्स सिनेमा सिने रोयलको ठीक सामुन्ने सञ्चालनमा ल्याईएको ख्वाजा फुड सेन्टर ( केएफसी ) को पुर्वमन्त्री राई र बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले संयुक्त रुपमा उदघाटन गर्नुभयो । विशेष गरि सिनेमा हेर्न आउने तथा होटल र क्यासिनो लगायतमा आउने भारतीय पर्यटकलाई लक्षित गरेर सो रेष्टुरेन्ट सञ्चालनमा ल्याईएपनि विशेष स्वाद पस्किने भएकोले नेपालगन्जका स्वादका पारखीहरुको पनि त्यहाँ राम्रो उपस्थिति हुने विश्वास गरिएको छ । रेष्टुरेन्ट उदघाटनको अवसरमा पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्द...
प्रदेश कृषिमन्त्रीद्धारा किसानलाई आधुनिक कृषि यन्त्र र चल्ला वितरण

प्रदेश कृषिमन्त्रीद्धारा किसानलाई आधुनिक कृषि यन्त्र र चल्ला वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगन्ज, असार २३ गते । लुम्बिनी प्रदेशका कृषि तथा भुमिब्यवस्था मन्त्री भण्डारीलाल अहिरले प्रदेश सरकारले गरिब र विपन्न तथा वास्तविक किसानलाई कृषि उत्पादनमा सहयोग गर्ने बताउनुभएको छ । उहाँले किसानको नाममा ठुला बडाले सरकारी सहयोग लिने गरेको गुनासो बारम्बार आउने गरेको जनाउँदै सो बारेमा वर्तमान गम्भीर र सचेत रहेको बताउनुभयो । शनिवार नेपालगन्जस्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा आयोजना गरिएको एक कार्यक्रममा बाँकेका पशुपंक्षीपालक किसानलाई निशुल्क कृषि उपकरण र चल्ला वितरण गर्दै मन्त्री अहिरले सो बताउनु भएको हो । सो अवसरमा उहाँले पशुपंक्षी उत्पादन बृद्धि गर्दै किसानलाई व्यवसायीक कार्यतर्फ आकर्षित गर्ने उदेश्यले प्रदेश सरकारले विभिन्न प्रकारका कार्यक्रम र योजना बनाइरहेको बताउनुभयो । मन्त्री अहिरले भन्नुभयो–‘कुन क्षेत्रमा के के राम्रो उत्पादन हुन्छ सो को अध्ययन गरेर ...
सिप परिक्षण परिक्षा दिंदै सिप विकास तालिम लिएका किशोरकिशोरीहरु

सिप परिक्षण परिक्षा दिंदै सिप विकास तालिम लिएका किशोरकिशोरीहरु

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, असार ९ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सीप विकास तालिम पाएका बर्दियाका किशोर किशोरी र युवा महिलाहरु राष्ट्रिय सीप परीक्षण बोर्डको सिप परिक्षण परिक्षामा सहभागि भएका छन् । क्लबले सञ्चालन गरेको पर्ल परियोजना अन्तर्गत सुरक्षा गार्डको तालिम लिएका १६ जना युवा महिला राष्ट्रिय सीप परीक्षण बोर्डले शनिवार नेपालगन्जमा आयोजना गरेको लेभल १ को सीप परीक्षण परिक्षामा सहभागि भएका छन् । क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले राष्ट्रिय सीप परीक्षण बोर्डको प्रमाणपत्र प्राप्त गर्नका लागि उनिहरु सो परिक्षामा सहभागि भएको र परिक्षामा उत्तिर्ण हुनेहरुले प्रमाणपत्र पाउने बताउनुभयो । उहाँले सो प्रमाणपत्रको आधारमा उनिहरुलाई स्वदेश तथा विदेशमा रोजगारी गर्न सहज हुने बताउनुभयो । तीन दिनसम्म चल्ने सो सिप परिक्षण परिक्षामा ब्युटी पार्लर र टेलरिङको प्रशिक...
‘जोर्नी प्रत्यारोपण जस्तो जटिल शल्यक्रियालाई नेपालगञ्जमा सर्वसुलभ बनायौं’

‘जोर्नी प्रत्यारोपण जस्तो जटिल शल्यक्रियालाई नेपालगञ्जमा सर्वसुलभ बनायौं’

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
डा. तिर्थेन्द्र खड्का । वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन नेपालगन्ज, असार ३ । विभिन्न प्रकारका चोटपटक र सवारी दुर्घटनाले मानव शरीरमा हुने आघात ट्रमा नेपालमा हाडजोर्नी विधाको ठूलो समस्या हो । यस अन्तर्गत शरीरका विभिन्न हड्डीहरू भाँचिने अवस्था फ्याक्चर, दुर्बलता र अपाङ्गता पर्दछन् । बाथ तथा अन्य जोर्नीका दुखाइहरू, हड्डी खिइने रोग, सङ्क्रमण, हड्डीका अर्बुद रोग र बालबालिकाको शारीरिक विकासका क्रममा देखिने समस्या पनि नेपालमा प्रशस्तै भेटिन्छन् ।किशोर र युवाहरूमा बढेको खेलकुदजन्य कार्यहरू, नेपालमा अत्यधिक प्रयोग हुने दुईपाङ्ग्रे सवारी साधन र विभिन्न दुर्घटनाका कारण मानव शरीरमा नयाँ खालका चोटहरू देखिन थालेका छन् । हड्डी नभाँचिने तर लिगामेन्ट, मेनिस्कस र क्याप्सुल जस्ता नरम तन्तुका चोटहरू चुनौतीका रूपमा देखा परेका छन् ।युवावस्थाका यी चोटहरूलाई उपचार गर्न अत्याधुनिक दूरबिन प्रविधिको खाँचो र लाम...
नेपालगञ्जलाई हरियो, सफा र स्वच्छ सहर बनाउने सरोकारवालाको प्रतिवद्धता

नेपालगञ्जलाई हरियो, सफा र स्वच्छ सहर बनाउने सरोकारवालाको प्रतिवद्धता

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, असार १ । नेपालगञ्जलाई स्वच्छ, हरियो र सफा सहर बनाउनुपर्नेमा सबै सरोकारवाला एकमत देखिएका छन् । त्यसका लागि उनिहरुले आ आफ्नो ठाउँबाट आवश्यक काम र सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् । भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुप ले जिआइजेड एवम् एमडिएम फ्रान्सको सहयोगमा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ अन्तर्गत आयोजना गरिएको स्थानीय सार्वजनिक निजि साझेदारी प्लेटफर्मको बैठकमा सो प्रतिवद्धता जनाईएको हो । बी ग्रुपका अध्यक्ष टेक बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा सहभागि अधिकांश वातावरण संरक्षणमा सक्रिय अगुवा लगायत अन्य अधिकांश सरोकारवालाले नेपालगञ्जमा बढी भन्दा बढी बृक्षारोपणसंगै त्यसको संरक्षण र सरसफाईमा पनि ध्यान दिनुपर्नेमा जोड दिए । बैठकमा बोल्दै नेपालगञ्ज उपमहानगर वातावरण महाशाखाका प्रमुख प्रकाश डिसीले नेपालगञ्जलाई हरियो र सफा...