२२ जेष्ठ २०८३, शुक्रबार

ताजा-अपडेट

नुहाउन गएका दुई जना बालबालिकाको मानखोलामा डुबेर मृत्यु

नुहाउन गएका दुई जना बालबालिकाको मानखोलामा डुबेर मृत्यु

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, जेठ २९ गते । बाँकेको खजुरा खजुरा गाउँपालिकास्थित पुरैना नजिकै मानखोलामा पौडी खेल्न गएका दुई जना बालबालिकाको खोलामा डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार अत्यधिक गर्मीका कारण खजुरा ६ दसविगाहाका चारजना बालबालिका नजिकैको मानखोलामा सोमवार दिउँसो १२ बजेतिर नुहाउन गएकोमा दुई जना खोलामा डुबेका थिए । ईलाका प्रहरी कार्यालय धनौली खजुराका प्रमुख प्रहरी निरिक्षक सन्दिप बेलवासेले दिनु भएको जानकारी अनुसार खोलामा नुहाउन गएका १८ वर्षकी लक्ष्मी डाँगी र ९ वर्षका किरण नेपाली डुबेर बेपत्ता भएको खबर आएलगत्तै पुगेको प्रहरीले खोज तलाश गर्दा बालिका डाँगीको शव भेटिएको थियो भने नेपालीको शव अपरान्ह तीन बजे मात्र भटिएको हो । उद्धार तथा खोजी कार्यका लागि बज्रदल गण राँझाबाट मेजरको नेतृत्वमा १० जनाको उद्धार टोली र शसस्त्र प्रहरीको जानकी गाउँपालिका बढैयामा रहेको बिओपीबाट उद्धार टोलीले घटनास्थलमा ...
बढैयाताल गाउँपालिकाको वडा नम्बर सात बालबिवाह मुक्त वडा घोषणा

बढैयाताल गाउँपालिकाको वडा नम्बर सात बालबिवाह मुक्त वडा घोषणा

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगञ्ज, जेठ २७ । बर्दिया बढैयाताल गाउँपालिका वडा नं ७ को कार्यालयले प्लान नेपाल, बाँके युनेस्को क्लब, बीग्रुप, स्याक नेपाललगायतका संघ, संस्थाहरुसँगको सहकार्यमा वडा नं ७ लाई बालबिवाह मुक्त वडा घोषणा गरेको छ । नेपाल सरकारको बालबिवाह अन्त्यकोलागि बनेको रणनिती २०७२ र बढैयाताल गाउँपालिकाको बालबिवाह अन्त्यकोलागि बनेको स्थानीय रणनितीको मर्मलाई आत्मसात गर्दै बढैयाताल गाउपालिकालाई बालबिवाह मुक्त पालिका बनाउने उध्येश्यलाई साकार पार्न वडा नं ७ लाई बालबिवाह मुक्त वडा घोषणा गरिएको हो । सयौं स्थानीयको सहभागितामा आयोजना गरीएको बालबिवाह मुक्त वडा घोषणा समारोहमा वडा नं ७ लाई बालबिवाह मुक्त वडा घोषणा गरिएको थियो । वडा नं ७ बढैयातालका वडा अध्यक्ष राधेश्याम थारुको अध्यक्षतामा सम्पन्न घोषणा समारोह बिभिन्न रयाली, साँस्कृतिक कार्यक्रम सहित भब्यताका साथ संपन्न गरिएको छ । बढैयाताल गाउँपालिकाका अध...
गर्मीबाट बेहाल भएकालाई स्थानीय समाजसेवी मलिकद्धारा खानेपानी वितरण

गर्मीबाट बेहाल भएकालाई स्थानीय समाजसेवी मलिकद्धारा खानेपानी वितरण

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, जेठ २७ गते । तातो हावा लु चलेर तापक्रम बढ्दै जाँदा अत्यधिक गर्मी भएपछि काम विशेषले बजार आउने सर्वसाधारणको सहजताकालागि नेपालगञ्जका युवाले नगरका विभिन्न चोकमा खानेपानी वितरण गरेका छन् । अत्यधिक गर्मीको बेला काम विशेषले बजार आउनेहरु खानेपानीको खोजीमा भौतारिने गरेको देखेपछि उनिहरुको सहजताका लागि ‘हिन्दु मुस्लिम भाईभाई’को नाराका साथ पानी वितरण गरिएको जनाईएको छ । नेपालगञ्जका युवा समाजसेवी तथा अगुवा अजिज मलिकले बाहिर निस्कने वित्तिकै घाँटी सुकाउने गर्मीको बेला बजार निस्केका सर्वसाधारण र रिक्सा तथा ठेला चलाउने मजदुरलाई लक्षित गरेर शनिवार दुई चोकमा खानेपानी वितरण गरिएको बताउनुभयो । उहाँले स्थानीय त्रिभुवन चोक र विपि चोकमा खानेपानी वितरण कार्य दिनभरि चल्ने जनाउँदै यसबाट प्रभावित भएर अन्य दिनमा अरुले पनि सोही कार्य गर्ने आशा लिएको बताउनुभयो । समाजसेवी मलिकले यस्ता प्रचण्...
स्थानीय रोजगार रणनीति २०८० सम्वन्धी कार्यशाला तथा अन्तरक्रिया सम्पन्न

स्थानीय रोजगार रणनीति २०८० सम्वन्धी कार्यशाला तथा अन्तरक्रिया सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, जेठ २६ । बर्दियाको ठाकुरबाबा नगरपालिका रोजगार सेवा केन्द्र र बाँके यूनेस्को क्लबको संयुक्त आयोजनामा रोजगार रणनीति २०८० सम्बन्धि कार्यशाला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्बलद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत रोजगार रणनीति तर्जुमाकालागि रोजगार संवाद मञ्चका पदाधिकारीहरु तथा सरोकारवाला निकायको क्षमता अभिवृद्धि र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । रोजगार संवाद मन्चका अध्यक्ष कमल बहादुर विष्ट तथा ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, उद्योग वाणिज्य संघका अध्यक्ष गोबिन्द आचार्य, महिला विकास शाखा, होटेल व्यवसायीहरूको सहभागितामा रोजगार नीतीको पृष्ठभूमी तथा नीतिगत, कानुनी आधार, स्थानीय अवसरहरु सा...
गर्मी र तातो हावाबाट जोगिन बी ग्रुपद्धारा सरसफाईकर्मी र कृषक सुपरभाइजरलाई अभिमुखिकरण

गर्मी र तातो हावाबाट जोगिन बी ग्रुपद्धारा सरसफाईकर्मी र कृषक सुपरभाइजरलाई अभिमुखिकरण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, जेठ २६ । भेरी वातावरणीय विशिष्ठ समुह बी ग्रुपले रेडक्रस बाँकेसंग समन्वय गरेर यस क्षेत्रमा केही दिनयता बढ्दै गएको अत्यधिक गर्मी र तातो हावा लु कारण जनजीवन कष्टकर बन्दै गएको ठहर गरि सो बाट जोगिनका लागि अपनाउनुपर्ने उपाय र सचेतना बारे सरसफाइकर्मी र कृषकलाई अभिमुखिकरण गरेर जानकारी गराएको छ । बी ग्रुपले एमडीएम फ्रान्सको साझेदारीमा बाँकेमा सञ्चालन गरिरहेको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत सो अभिमुखिकरणको आयोजना गरेको हो । केहीदिनयता अत्यधिक बढेको तापक्रम र तातो हावा लु ले गर्दा सर्वसाधारण बिरामी पर्न थालेपछि संस्थाले नेपालगञज उपमहानगरका ३६ जना सरसफाई सुपरभाइजर र डुडुवा, खजुरा तथा नेपालगञ्जका गरेर १५ जना कृषक सुपरभाइजरलाई गर्मी र तातो हावाबाट जोगिनका लागि अभिमुखिकरण दिईएको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनाका व्यवसाय विकास अधिकृत समद सिद्द...
बर्दियाका युवा महिलाकालागि सञ्चालित सीप विकास तालिम सम्पन्न

बर्दियाका युवा महिलाकालागि सञ्चालित सीप विकास तालिम सम्पन्न

अर्थ, ताजा-अपडेट, ब्यापार, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, जेठ २३ । बाँके युनेस्को क्लबले बर्दिया गुलरियाका युवा महिलालाई स्वरोजगार बनाउने उदेश्यले सञ्चालन गरेको जिवन सीप विकास तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको पर्ल परियोजना अन्तर्गत बर्दियाको गुलरियाका युवा महिलाका लागि ३९० घण्टाको सो सीप विकास तालिम सञ्चालन गरिएको थियो । प्लान इन्टरनेशनल नेपालका क्षेत्रीय प्रबन्धक मीना पराजुलीले सो जीवन सीप तालिम पूरा गरेका ६६ जना युवा महिला प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले विपन्न तथा पछाडी परेका युवा महिलालाई समाजमा सम्मानजनक जीवन बिताउन आत्मनिर्भर र आर्थिक रूपमा सक्षम बन्नका लागि रोजगारी सृजना गराउन यो तालिम प्रदान गरिएको बताउनुभयो । क्षेत्रीय प्रबन्धक पराजुलीले अब तालिम अनुसार स्वरोजगार बनेर सबैलाई अवसर पाएरमा हामीले जे पनि गर्न सक्छौ भ...
डा. भण्डारीको कथासंग्रह ‘मयँगाँठो’ को बिमोचन

डा. भण्डारीको कथासंग्रह ‘मयँगाँठो’ को बिमोचन

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, जेठ २१ गते । बाँकेका कथाकार डा इन्द्रबहादुर भण्डारीद्वारा लिखित कथासङ्ग्रह ‘मयँगाँठो’ नेपालगञ्जमा विमोचन गरिएको छ। खजुरा प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित कथासङ्ग्रहको विमोचन साहित्यकार सनत रेग्मी, प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकाल र शशिराम कार्की, लेखक तथा साहित्यकार नरेन्द्रजंग पिटर र आख्यानकार नयनराज पाण्डेले गर्नुभएको हो। कथासङ्ग्रहको समालोचना गर्दै समालोचक ईश्वरी रिजालले यो कथासङ्ग्रहमा १८ वटा निकै समय सान्दर्भिक कथा समेटिएको जानकारी दिनुभयो। कोभिड महामारी र जनयुद्धको प्रभावसँग सम्बन्धित कथा लगायत केही इतिहास झल्काउने कथा पढ्नुपर्ने खालको रहेको बताउनुभयो। पाठकको हैसियतले कृतिको समीक्षा गर्दै साहित्यकार सुमित्रा न्यौपानेले डा भण्डारीद्वारा लिखित कथा निकै रोमाञ्चक र शिक्षाप्रद रहेको बताउनुभयो। कार्यक्रममा बोल्दै साहित्यकार सनत रेग्मीले खजुरा प्रज्ञा ...
मानवबेचविखन रोक्न नेपाल र भारतविच अझै बढी सहकार्य र समन्वयमा जोड

मानवबेचविखन रोक्न नेपाल र भारतविच अझै बढी सहकार्य र समन्वयमा जोड

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
समाचारदाता नेपालगञ्ज, जेठ १९ । यहाँस्थित नेपाल भारत जमुनाहा नाका मानव बेचविखनका लागि निकै संवेदनशिल नाका रहेकोले मानवबेचविखन नियन्त्रण गर्न दुबै देशविच अझै बढी सहकार्य र समन्वयमा जोड दिईएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित प्रोटेक्ट परियोजना अन्तर्गत बाँके युनेस्को क्लबले नेपालगञ्जमा आयोजना गरेको नेपाल–भारतका सम्बन्धित अधिकारी र अन्य सरोकारवालाबीचको अन्तरक्रियामा सो कुरामा जोड दिईएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले मानवबेचविखन रोक्न नेपाल र भारतका सम्बन्धित निकाय लगायत संघसंस्थाले अझै गम्भीर भएर लाग्नु पर्ने आवश्यकता औल्याउनुभयो । उहाँले रोजगारी लगायतको लोभमा पारेर दलालले सो कार्य गर्दै आएकोमा चेतनामुलक कार्यक्रममा पनि ध्यान दिनु पर्ने बताउनुभयो । राष्टिय मानवअधिकार आयोग नेपालगञ्जका प्रमुख द्धारिका अधिकारीले अहिले पनि मानवबेचविखन हुनु निकै दुखद भएको ब...
गौ हत्या नियन्त्रणका लागि नरैनापुर गाउँपालिका कस्सियो, संलग्नलाई एक वर्षसम्म सेवा उपलब्ध नगराउने निर्णय

गौ हत्या नियन्त्रणका लागि नरैनापुर गाउँपालिका कस्सियो, संलग्नलाई एक वर्षसम्म सेवा उपलब्ध नगराउने निर्णय

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध, स्वस्थ्य
समाचारदाता नरैनापुर १२ जेठ । बाँकेको नरैनापुर गाँउपालिकामा गौ हत्याको घट्ना बढ्न थाले पछि गाँउपालिकाको गम्भीर ध्यानाकर्षण भएको पालिकाले जनाएको छ । नरैनापुर गााउपालिकाको शुक्रबार बसेको गाँउकार्यपालिकाको बैठकले गौ हत्यामा संलग्नहरुको पहिचान गरी कडा भन्दा कडा कारवाहि गर्न र आगामी दिनमा यस्ता घट्ना दोहोरीन नपाओस भनेर गौ हत्यामा संलग्न भएको प्रमाणित भए १ वर्ष सम्म गाँउपालिकाबाट प्रदान गर्ने कुनै पनि सेवा उपलब्ध नगराउने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी दिनु भयो । पालिकाको बैठकले गौ हत्या गर्ने व्यक्तिको सम्बन्धमा सूचना दिने सूचकलाई हत्यारा प्रमाणित भए १५ हजार रुपियाँ उपलब्ध गराउने निर्णय गर्नुका साथै गौ हत्या नियन्त्रण गर्न सम्बन्धी सूरक्षाकर्मीहरुलाई गाँउपालिकाले अनुरोध गरेको प्रमुख प्रशासकिय अधिकृत खरालले बताउनु भयो । नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद ...
स्किजोफ्रेनिया – भ्रम र यथार्थ

स्किजोफ्रेनिया – भ्रम र यथार्थ

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
-डा मो ऐनुद्दीन बागबान विश्वभरी हरेक वर्ष मई २४ तारिखको दिन विश्व स्किजोफ्रेनिया दिवस मनाइने गरिन्छ। जसको शुरुवात सन् १९८६ देखि भएको थियो। यसको मुख्य उद्देश्य विश्वमा स्किजोफ्रेनियाबारे जनचेतना एवंजागरुकता फैलाउने तथा यससम्बन्धि समाजमा विद्यमान गलत धारणाहरुलाई निर्मूल पार्नेहो। विश्व स्वास्थ्य संगठन अनुसार, झण्डै १ प्रतिशत जनसंख्या स्किजोफ्रेनियाबाट पीडित रहेको पाइन्छ । एउटा अध्ययन अनुसार, यसरोगबाट ग्रसित व्यक्तिहरुले उचित औषधि उपचार नपाएर करीब २५ देखि ३० प्रतिशत बिरामीहरु गंभीर अवस्थामा पुगी आत्महत्यागर्ने गरेको पाइएकोछ। सिजोफ्रेनिया एउटा दीर्घकालीन कडा मानसिक स्वास्थ्य समस्या हो। जसलाई निम्न लक्षणहरुबाट पहिचान गरिन्छ। स्किजोफ्रेनियाका लक्षणहरु बिना आधार कुनै गलत बिश्वासमा अडिग रहने नभएको आवाज सुन्ने र नभएको कुरा देख्ने लक्ष्यहीन तथा अव्यवस्थित क्रियाकलापहरू अर्थहीन बोलिचालि, आफैं ब...