सिराज खान
नेपालगञ्ज, फागुन ४ । निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाले लघु उद्यमी महिलाहरुका लागि बाँकेको कोहलपुरमा दुई दिने बृहत्त निशुल्क स्वास्थ्य परीक्षण कार्यक्र सञ्चालन गरेको छ ।
निर्धन उत्थान लघुवित्त वित्तिय संस्थामा आवद्ध लघु उद्यमी महिलाहरुका लागि निर्धन उत्थान सन्जिविनी स्वास्थ्य प्रतिष्ठान कोहलपुरमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य परीक्षणमा पाठेघरसम्बन्धि समस्या लगायत अन्य विभिन्न समस्या भएका महिला उद्यमीहरुले स्वास्थ्य परीक्षण गराउनुभएको छ ।
सो स्वास्थ्य परीक्षण कार्यक्रममा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा ईन्द्रजित घोष, डा. राम विष्ट र फिजिसियनहरु डा. श्याम विक तथा डा. देवेन्द्र आचार्यलगायतले महिलाहरुको स्वास्थ्य परीक्षण गर्नुभयो ।
सो शिविरमा कोहलपुर क्षेत्रका संस्थामा आवद्ध ३०० बढी महिलाहरुको स्वास्थ्य परीक्षण गरिने तथा औषधी समेत वितरण गरिने निर्धन उत्थान लघुवित्त वित्तिय स...
समाचारदाता
नेपालगञ्ज, फागुन ४ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकामा युवा महिलाहरुको रोजगारी प्रवद्र्धनकालागि स्थानीय अवसर, संभावना तथा आगामी प्राथमिकता विषयमा एकदिने संवाद कार्यक्रमको आयोजना गरेको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो संवाद कार्यक्रम आयोजना गरिएको हो ।
सो संवाद कार्यक्रममा स्थानीय तहमा रोजगारी सृजना गर्नका लागि स्थानीय सरकारका प्रतिनिधि, अभिभावक र परियोजना सहभागिहरुविच गहन छलफल तथा विचारविमर्श गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता गर्दै गुलरिया नगरपालिकाका उपमेयर सावित्रा गौतमले युवा महिलाहरुको रोजगारी प्रवर्धनका लागि नगरपालिकाले विभिन्न योजना बनाउने तथा उनिहरुलाई पनि समान अवसर प्रदान गरिने बताउनुभयो । उहाँले महिलाको आर्थिक शसक्तीकरणका लागि नगरपालिकाले हर प...
समाचारदाता
नेपालगञ्ज, फागुन १ । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकामा युवा महिलाहरुको रोजगारी प्रवद्र्धनका लागि स्थानीय अवसर विषयमा एक संवाद कार्यक्रमको आयोजना गरेको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो संवाद कार्यक्रम आयोजना गरिएको हो ।
ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालको अध्यक्षता र नगरपालिकाका मेयर तिलक लम्सालको प्रमुख आतिथ्यमा सञ्चालन गरिएको सो संवाद कार्यक्रममा युवा महिला, अभिभावक र सेवा प्रदायक निकाय रोजगारवालाविच विषयमा व्यापक छलफल र विचारविमर्श गरिएको क्लबले जनाएको छ ।
युवा महिलाहरुको उद्यमशिलता, विकास र रोजगारी सृजना गरि महिलाहरुको आर्थिक अवस्था र जिवनस्तर सुधार गर्नका लागि सो कार्यक्रम सञ्चालन गरिएको परियोजना संयोजक गोविन्द लामिछानेले बताउनुभयो ।
ठाकुरबाबा नगरपालिक...
समाचारदाता
नेपालगञ्ज, फागुन १ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकामा ‘रोजगारी अवसरका लागि अभिभावकहरुलाई लैंगिक समानता’ विषयक कार्यशाला आयोजना गरेको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत गुलरिया नगरपालिकामा सो कार्यशालाको आयोजना गरिएको हो ।
क्लबले सोही प्रकारका दुईवटा कार्यशाला ठाकुरबाबा नगरपालिकामा दुई दिन अघि आयोजना गरेको थियो ।
सो कार्यशालामा युवा महिलाहरुलाई स्वरोजगार बनाउन रोजगारीको अवसर प्रदान गर्ने विषयमा विस्तृत छलफल गरिएको पर्ल परियोजनाका संयोजक गोविन्द लामिछानेले बताउनुभयो ।
उहाँले रोजगारीमा लाग्न घर र समुदायमा सकारात्मक वातावरण सिर्जना गर्ने लक्ष्यका साथ घरपरिवारका प्रमुख वा अभिभावकहरूका लागि कार्यशाला आयोजना गरिएको बताउनुभयो ।
कार्यशालामा प्रमुख अतिथि गुलरिया नगरपालिकाकी उपमेयर सावित्रा गौतमल...
समाचारदाता
नेपालगञ्ज, माघ २९ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकामा ‘रोजगारी अवसरका लागि अभिभावकहरुलाई लैंगिक समानता’ विषयक कार्यशाला सम्पन्न गरेको छ । क्लबले सोही प्रकारको कार्यशाला एक दिन अघि पनि उक्त नगरपालिकामा आयोजना गरेको थियो ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो कार्यशालाको आयोजना गरिएको परियोजना संयोजक गोविन्द लामिछानेले बताउनुभयो ।
सो कार्यशाला पनि युवा महिलाहरुलाई सिप सिक्न र रोजगारीमा लाग्न घर परिवारबाट सहयोग प्राप्त होस भन्ने उदेश्यका साथ सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
कार्यशालाका प्रमुख अतिथि ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरिले लैंगिक समानता र रोजगारीका अवसरहरूका बारेमा आमाबाबु, अभिभावक र घरका प्रमुखहरूलाई जानकारी गराउनका लागि आयोजना गरिए...
समाचारदाता
नेपालगञ्ज, माघ २८ । बाँके युनेस्को क्लबले रोजगारी अवसर र अभिभावकलाई लैंगिक समानताका बारेमा जानकारी दिन बर्दियाको ठाकुरबाबा नगरपालिकामा अभिमूखिकरण कार्यशाला सम्पन्न गरेको छ ।
लैङ्गिक समानता र रोजगारीका अवसरहरूका बारेमा आमाबाबु, अभिभावक र घरका प्रमुखहरूलाई जानकारी गराउनका लागि सो कार्यशालाको आयोजना गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो कार्यशालाको आयोजना गरिएको हो ।
लैङ्गिक समानता, मर्यादित कामका अवसर, सीपमूलक तालिमको महत्व र युवा विशेष गरी महिलालाई स्वरोजगार बनाउन तथा रोजगारीको अवसर प्रदान गर्ने विषयमा एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
घर र समुदायमा सकारात्मक÷सहायक वातावरण सिर्जना गर्ने लक्ष्यका साथ ...
समाचारदाता
नेपालगञ्ज, माघ २४ । बाँके युनेस्को क्लबले पिडित महिला तथा युवतीहरुको आत्मनिर्भरताका लागि तीन महिने सिलाई कटाई तालिम प्रदान गरेर प्रमाणपत्र र सामाग्री वितरण गरेको छ ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबद्धारा सञ्चालित रोकथाम, पहिचान, शिक्षा तथा रुपान्तरण ( प्रोटेक्ट ) परियोजना अन्तर्गत बाँकेका चार पालिकाका घरेलु हिंसा, लैंगिक हिंसा, यौन हिंसा र सम्बन्ध विच्छेद भएका अतिपिडित महिला र युवतीहरुको आत्मनिर्भरताका लागि सो तालिम प्रदान गरिएको हो ।
सिईटीभिटि अन्तर्गत सिलाई कटाई तालिम सम्पन्न भैसकेपछि तालिमका सफल सहभागिहरुलाई एक कार्यक्रमका विच प्रमाणपत्र वितरण गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
तालिममा बाँकेको नेपालगञ्ज उपमहानगर, कोहलपुर नगरपालिका, खजुरा र बैजनाथ गाउँपालिकाका पिडित महिलाहरुको सहभागिता रहेको थियो ।
बाँके युनेस्को क्लब...
समाचारदाता
नेपालगन्ज, माघ २२ । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले ठुलो पुरस्कार राषिको पुरुष भलिवल प्रतियोगितासहित विभिन्न कार्यक्रम गरेर २७औं जनयुद्ध दिवस भव्यतापुर्वक मनाउने जनाएको छ । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटिले आइतबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कमिटिका अध्यक्ष रतन शाहीले सो जानकारी गराउनु भएको हो ।
अध्यक्ष शाहीले पत्रकारहरुलाई दिनु भएको जानकारी अनुसार २७औं जनयुद्ध दिवसको अवसरमा माघ २९ गते साँझ ६ बजे नेपालगञ्ज पार्टी कार्यालय र सहिद सेतु वि चोकमा दिप प्रज्वलन गर्ने तथा फागुन १ र २ गते ठुलो पुरस्कार राषिको खुल्ला भलिवल प्रतियोगिता आयोजना गरिने छ ।
फागुन १ र २ गते आयोजना गरिने खुल्ला पुरुष भलिबल प्रतियोगितामा नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीसहित अन्य गरेर करिब १२ वटा टोलीको सहभागिता रहने अध्यक्ष शाहीले बताउनु भएको छ। उक्त ...
समाचारदाता
नेपालगञ्ज, माघ १६ । भेरी वातावरणीय विशिष्टता समुह बि ग्रुपले विषादी घटाउने बैकल्पिक मोडलहरुको पहिचान गर्न बजार सर्वेक्षण गराएको छ । सो सर्वेक्षण बारे सम्बन्धितलाई जानकारी दिन र सुझाव सल्लाह लिने उदेश्यले नेपालगञ्जमा सोमवार एक कार्यक्रमको आयोजना गरियो ।
उक्त कार्यक्रम जिआइजेड एवम् एमडिएम फ्रान्सको सहयोगमा वि ग्रुपद्धारा सञ्चालन गरिएको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ अन्तर्गत आयोजना गरिएको हो । सो सर्वेक्षण नेपालगञ्ज उपमहानगर, खजुरा र डुडुवा गाउँपालिकामा गरिएको थियो ।
बि ग्रुपका अध्यक्ष टेक बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा बजार सर्वेक्षणका टीम लिडर शैलेन्द्र कुमार श्रेष्ठले सर्वेक्षण प्रतिवेदन विस्तृत रुपमा प्रस्तुत गर्नुभयो । सो प्रतिवेदनमा विषादीको प्रयोग, त्यसको अवस्था, एकिकृत किट व्यवस्थापन र विषादी घटाउन अपाइने बैकल्पिक मोडलहरुका बारेमा ...
सिराज खान
नेपालगञ्ज, माघ १२ । बाँकेको नेपालगञ्ज उपमहानगर लगायत पाँच वटा पालिकामा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणमा आउँदैगएको छ । प्रभावित पालिकाका अधिकांश बालबालिकालाई खोप लगाएपछि सङ्क्रमण फैलिनेक्रम रोकिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
सो कार्यालयका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार नेपालगञ्ज उपमहानगरको वडा नम्बर ७ मा सबैभन्दा पहिले देखिएको सङ्क्रमण जिल्लाको कोहलपुर नगरपालिका, खजुरा, नरैनापुर र डुडुवा गाउँपालिकामा समेत फैलिँदै गएपछि नियन्त्रण गर्न खोप अभियानलाई तीव्र गतिमा सञ्चालन गरिएको छ ।
नेपालगञ्ज ५ का ३१ महिने एक बालकको दादुराबाट मृत्यु भएपछि नियन्त्रण अभियान तीव्र पारेर जिल्लाका पाँच वटै प्रभावित पालिकाका ६ महिनादेखि १५ वर्ष भित्रको उमेरका ८१ प्रतिशत बालबालिकालाई खोप लगाइएपछि सङ्क्रमण नियन्त्रणमा आएको खोप सुपरभाइजर श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार दादुरा सङ्क्रमण...