बाल विवाह न्युनिकरणकालागि माघीको अवसरमा साँस्कृतिक कार्यक्रम आयोजना
समाचारदाता
नेपालगञ्ज, पुस २९ । बाल विवाह न्युनिकरणकालागि बारबर्दिया नगरपालिकाको वडा नम्बर १० मा साँस्कृतिक तथा मघिमिलान कार्यक्रम गरिएको छ । साँस्कृतिक कार्यक्रममार्फत बाल विवाह न्युुनिकरण गर्ने उदेश्यले बारबर्दिया नगरपालिका वडा नं १० को आयोजना तथा प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लब नेपालगंज, बि ग्रुप नेपालगन्जको सहयोग र सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वडा नम्बर १० का प्रत्येक गाँउका संस्कृतिक टोलीले परम्परागत साँस्कृतिक नाचगाँन माफत बालविवाह न्युनिकरणका सन्देश तथा त्यसले पर्ने असरको बारेमा सचेतना प्रदान गर्नु भएको थियो । वडा भित्र रहेका महिला समुह, युवा क्लब किशोरी कल्ब, तथा सांस्कृतिक समुह र बर्दियाका थारु कलाकार तथा समुदायहरुले आफ्नो प्रस्तुती मार्फत सो सचेतना प्रदान गर्नु भएको थियो ।
बाल संरक्षण कार्यक्रम अन्तरगत ‘थारू समुदायको महान पर्व माघीको अवसरपा...









