समाचारदाता
नेपालगन्ज, भदौ ११ । मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको तयारी शुरु गर्दै बाँकेमा विभिन्न दलहरुले निर्वाचन केन्द्रित अभियानहरु शुरु गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकिकृत समाजवादी पार्टी र एमालेले निर्वाचन केन्द्रित कार्यक्रमहरु शुरु गरेका छन् ।
नेपाली काँग्रेसले जनताको साथमा काँग्रेस अभियानलाई बाँकेमा आइतवारबाट औपचारिक रुपमा शुरु गर्दैछ भने नेकपा एकिकृत समाजवादीले उम्मेदवार समेत सिफारिस गरिसकेर तयारी शुरु गरेको सो दलले जनाएको छ ।
सोही प्रकारले जनता समाजवादी पार्टी नेपालले बाँके क्षेत्र नम्बर २ बाट संगठन सुदृढ अभियान शुरु गरेको छ । सो दलका केन्द्रिय कार्यकारीणी सदस्य तथा भौतिक पुर्वाधार मन्त्री मोहम्मद ईश्तियाक राईको निर्देशनमा संगठनलाई बलियो बनाई नेता कार्यकर्तालाई दिनरात जनतासंग सम्पर्क राख्ने गरि परिचा...
समाचारदाता
नेपालगन्ज, भदौ ११ । रातदिन बिरामीको सेवामा जुट्ने चिकित्सक तथा कर्मचारीहरु कोभिड महामारी सुरु भए पश्चात् रमाइलो गर्न नपाएका बेलामा लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि कर्मचारी संगठनको आयोजनामा भएको तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा नाचगान र खानपिन गरी रमाएका छन् ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि कर्मचारी संगठनका सभापति रत्ना गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि का सिइओ कार्यकारी प्रमुख अधिकृत डा सुनिल कुमार सिंह, बिशिस्ट अतिथिमा कोहलपुर मेडिकल कलेजका अस्पताल निर्देशक डा रेशम बहादुर राना, अतिथिहरुमा कोहलपुर हस्पिटलका उप निर्देशक डा दिनेश श्रेष्ठ, विभिन्न फ्याकल्टीका प्रमुखहरु, चिकित्सकहरु, अस्पताल मेट्रोन ललिता शर्मा, नेपालगन्ज अस्पताल मेट्रोन ममता शर्मा, संगठनका सल्लाहकार संयोजक अब्द...
– ‘नागरिकता’ नागरिक र राज्यबीचको सम्बन्धको आधार हो । राज्यले प्रत्याभूत गर्नुपर्ने मौलिक हक, आर्थिक, सामाजिक र राजनीतिक अधिकार एवं राज्यप्रति नागरिकहरूको कर्तव्य सुनिश्चित गर्न राज्यले आफ्ना नागरिकहरूलाई नागरिकको दर्जा दिएर वैधानिकता प्रदान गरेको हुन्छ ।
– नेपालको संविधान २०७२ को धारा १० ले ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन’ भन्ने व्यवस्था गरेको छ ।
– अन्तर्राष्ट्रिय मानव अधिकारको मान्यताअनुरूप पनि “कुनै पनि व्यक्तिलाई राज्यविहीनताको अवस्थामा राख्न पाइँदैन ।”
नागरिकता विधेयक अहिले ल्याउन किन आवश्यक ?
– नेपाल नागरिकता ऐन, २०६३ र नेपालको अन्तरिम संविधान, २०६३ ले जन्मको आधारमा नागरिकता प्रदान गर्ने व्यवस्था गरेको थियो । २०४६ चैत मसान्तसम्म नेपाल सरहदभित्र जन्म भई नेपालमा स्थायी रूपले बसोबास गर्दै आएको व्यक्तिलाई
– जन्मका आधारमा नागरिकता लिएका व्यक...
सिराज खान
नेपालगञ्ज, भदौ १० गते । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बढी भन्दा बढी खेतबारीमा सिंचाईको सुविधा पुरयाउन सरकार कटिबद्ध रहेको बताउनु भएको छ ।
बाँकेको राप्तीसोनारी ८ बालापुरमा निर्माण गरिएको डिप ट्युववेल सिंचाई आयोजनाको शुक्रवार उदघाटन गर्दै मन्त्री अथकले सिंचाईको अभावमा किसानलाई निकै समस्या हुने हुँदा ठुलो आयोजना नपुगेका ठाउँमा डिप ट्युववेलबाट सिचाई गरिने बताउनुभयो ।
समयमा वर्षा नभएर बाँकेको राप्तीसोनारीमा सुख्खा पर्न लागेको बेला यो आयोजना शुरु गरिएपछि सयौं किसानले समयमै सबै खेती गर्न पाउने उहाँले बताउनुभयो ।
सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका सांसद पार्वती पुन उषाले समयमा वर्षा नहुँदा सधैं आकाशे पानीको भरमा खेती गर्न बाध्य स्थानीय किसानलाई अब निकै राहात हुने बताउनुभयो ।
वडा नम्बर ८ का वडा अध्यक्ष शालिकराम डाँगीले निकै लामो समयको प्रयासपछि यहाँका...
समाचारदाता
नेपालगञ्ज, भदौ ९ । बाँकेको जानकी गाउँपालिकाले शुक्रवार तिज मिलन तथा दर खाने कार्यक्रम गर्ने भएको छ । हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा शुक्रबारका दिन निजामती कर्मचारी लगायतका सम्पूर्ण महिला दिदीबहिनीहरुका लागि तिज मिलन तथा दर खाने कार्यक्रम गर्ने भएको हो ।
सो कार्यक्रममा गाउँपालिका मातहतका १ देखि ६ वडाका निजामती कर्मचारी लगायतका सम्पूर्ण महिला दिदीबहिनीहरूलाई तिज मिलन तथा दर खाने कार्यक्रममा सहभागी हुनका लागि गाउँपलिका प्रवक्ता टीका नाथ यादबले निमन्त्रणा गर्नुभएको छ ।
भदौ १० गते शुक्रबार दिउँसो ३ बजेदेखि यातायात कार्यालय नेपालगन्जस्थित थकाली भान्सा घरमा सो कार्यक्रम हुने गाउँपालिकाको स्वास्थ्य अनमि सितल राजभण्डारीले जानकारी दिनुभएको छ ।...
समाचारदाता
नेपालगञ्ज, भदौ ९ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा मानव बेचबिखन रोकथामका लागि सञ्चालन गरेको प्रोटेक्ट परियोजनाबाट प्राप्त उपलब्धीहरु बारे छलफल गर्न स्थानीय सरकार र सरोकारवालाहरूसँग साझा बैठक सम्पन्न गरेको छ ।
कोहलपुरमा आयोजना गरिएको सो बैठकमा परियोजना सञ्चालनपछि भए गरिएका कामहरुका बारेमा समिक्षा गर्नुका साथै आगामी कार्यक्रमहरु बारे समेत जानकारी गराईएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
कोहलपुर नगरपालिकाको सामाजिक विकास शाखाका संयोजक ईश्वरीप्रसाद बिकले बैठकको अध्यक्षता गर्दै क्लबले सानो समयमा मानवबेचविखन रोकथामका लागि स्थानीय तहसंग समन्वय गरेर उत्कृष्ट काम गरेको बताउनुभयो ।
उहाँले आगामी कार्यक्रमहरु पनि प्रभावकारी रहेकोले सबैले सहयोग र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा वडा नम्बर ८ का अध्यक्ष झगबहादुर थारुले युवति र...
समाचारदाता
नेपालगन्ज, भदौ ८ । बाँकेका वरिष्ठ पत्रकार उदय बहादुर सिंह श्रेष्ठले आगामी मंसिर ४ गते हुने संघिय निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।
बिगत ४२ बर्षदेखि पत्रकारीता गर्दै आउनु भएका श्रेष्ठले सबै धर्मविच एकता कायम गरेर धार्मिक तथा सामाजिक सदभाव कायम गर्दै स्व राजा बिरेन्द्रको शालिक पहिलेकै स्थानमा स्थापनाका लागि आफूले उम्मेदवारी दिने बताउनु भएको छ ।
बाँकेमा धेरैले चुनाव जितिसकेको अवस्थामा एउटा इतिहासलाई बिर्सेर स्व राजा बिरेन्द्रको शालिक स्थापना गर्न नसक्दा आफूले जिते शालिक स्थापना गर्ने र सबै धर्मविच एकता कायम गराउने बताउँदै मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाँकेबाट उम्मेदवारी दिने घोषणा गर्नु भएको हो।
पत्रकार श्रेष्ठले स्वतन्त्र रुपमा उम्मेदवारी दिने जनाउँदै आफ्नो एजेण्डा र विचारसंग मेल खाने अरु पनि कोही स्वत...
समाचारदाता
नेपालगञ्ज, भदौ ८ । युवा महिलाहरुको आर्थिक शसक्तिकरणका लागि बर्दियामा बाँके युनेस्को क्लबले शिप विकास तालिम सञ्चालन गरेको छ ।
प्लान नेपालको सहयोगमा क्लबले सञ्चालन गरेको उद्यमशिलता मार्फत महिलाहरुको आर्थिक शसक्तिकरण, स्वरोजगारी सृजना तथा जिविकोपार्जनमा पहुँच र रोजगार प्रवद्र्धन कार्यक्रम अन्तर्गत सो तालिम सञ्चालन गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
बर्दियाको गुलरियामा बुधवारबाट शुरु गरिएको सो तालिमको अनौपचारिक तरिकाले शुभारम्भ गरिएको थियो । तालिमको शुभारम्भ गर्दै बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले १८ देखि २४ वर्षका १२० जना युवा महिलालाई तालिम दिएर स्वरोजगार बनाउने लक्ष्य रहेको बताउनुभयो ।
उहाँले बर्दियाको गुलरिया र ठाकुरबाबा नगरपालिकाका १२० जना अति विपन्न तथा जोखिममा रहेका युवा महिलालाई शिपमुलक तालिम दिएर विभिन्न चरणपछि ६० जनालाई उद्यम, व्यवस...
समाचारदाता
नेपालगन्ज्, भदौ ७ । खजुरामा लागु औषध दुब्र्यशन विरुद्धको अभियान स्वरुप बृहत सचेतनामुलक कार्यक्रमको सुरुवात गरिएको छ । लियो क्लव अफ नेपालगन्ज खजुराको आयोजनामा सुरु भएको कार्यक्रमको मंगलवार एक समारोहका विच उद्घाटन गरिएको छ ।
खजुराका १६ वटा विद्यालयमा सचेतनामुलक कार्यक्रम संचालन गर्न अभियानको सुरुवात मंगलवार जेनिथ माविबाट गरिएको कार्यक्रमका संयोजक लियो अपेक्षा श्रेष्ठले जानकारी दिइन् ।
उद्घाटन कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले लागु औषध दुब्र्यशन न्युनिकरणमा सबै सरोकारवालाले चासो बढाउनुपर्नेमा जोड दिए । लागु औषधका कारण समुदायमा नकरात्मक सन्देश प्रवाहहुने हुदाँ यसलाई न्युनिकरण गर्न सबैले सक्रिय भुमिका निभाउनुपर्नेमा जोड दिए ।
खजुरा गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष पुर्ण बहादुर भण्डारीले युवालाई लागु औषध बाट टाढै राख्न आवश्यक रहेको उल्लेख गरे । इलाका प्रहर...
समाचारदाता
कोहलपुर, भदौ ७ । प्रेस सेन्टर नेपालको कोहलपुर नगर समितिको अध्यक्षमा पुष्पराज हमाल चयन हुनु भएको छ । सोमबार कोहलपुर नगर समितिको आयोजनामा सम्पन्न विशेष भेला तथा प्रशिक्षण कार्यक्रमको बन्द सत्रबाट हमालको अध्यक्षतामा १३ सदस्यीय नगर कार्यसमिति चयन गरिएको हो ।
नगर समितिको उपाध्यक्षमा विवेक रेग्मी, सचिवमा शुभाकर विश्वकर्मा, सह सचिवमा रामगोपाल विश्वकर्मा र कोषाध्यक्षमा शुशिला शर्मा सर्वसम्मत रुपमा चयन हुनु भएको छ । निर्वाचित सदस्यहरुमा राजु चौधरी, शान्ति सुनार, प्रतिमा शाही, प्रमिला विश्वकर्मा, मिना रावल, कल्पना शाही, मनवीर परियार र मनोज कोइराला रहनु भएको छ ।
विशेष भेला तथा प्रशिक्षण कार्यक्रम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सांसद पार्वती पुन उषाको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सिराज खानको विशेष आथित्यतामा १३ स...