अडानको छैठौं राष्ट्रिय महाधिवेशनबाट बाँकेले केन्द्रिय द्वितीय उपाध्यक्ष र केन्द्रिय सचिवसहित पाँच पद पायो
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, जेठ २३ । नेपाल अडिटर्स एसोसिएसन अडानको छैठौं राष्ट्रिय महाधिवेशनबाट बाँकेले केन्द्रिय द्वितीय उपाध्यक्ष र केन्द्रिय सचिवसहित विभिन्न महत्वपुर्ण पदहरु पाउन सफल भएको छ । बाँकेबाट अडानको अधिवेसनमा सहभागि हुनुभएका विभिन्न अडिटर नेताहरुको पहलकदमी र परिश्रमका कारण बाँकेले पाँच वटा महत्वपुर्ण पद पाउन सफल भएको हो ।
केदार नाथ पौडेलको अध्यक्षतामा निर्वाचित भएको ८१ सदस्यीय केन्द्रिय समितिमा बाँके जिल्लाबाट पाँच जना विभिन्न पदमा पुगेको नवनिर्वाचित अडानका खुल्ला केन्द्रिय सदस्य मोहम्मद जुबेर राईले बताउनुभयो ।
सर्वसम्मतीबाट गरिएको नेतृत्व चयनमा बाँकेबाट द्धितिय केन्द्रिय उपाध्यक्षमा अब्दुल करीम खान, केन्द्रिय सचिवमा गोकर्ण प्रसाद आचार्य, खुल्ला केन्द्रिय सदस्यमा मोहम्मद जुबेर राई, लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने गरि केन्द्रिय सदस्यमा दिपक प्रसाद रेग्मी र महिला के...









