३ चैत्र २०८२, मंगलवार

ताजा-अपडेट

रेखा थापाको अध्यक्षतामा प्रेस सेन्टर खजुराको कार्यसमिति गठन

रेखा थापाको अध्यक्षतामा प्रेस सेन्टर खजुराको कार्यसमिति गठन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, चैत १२ । प्रेस सेन्टर नेपालले बाँकेको पाँचौ पालिकामा पालिकास्तरीय संगठन निर्माण गरेको छ । यसअघि जिल्लाका चारवटा पालिकाहरु नेपालगञ्ज उपमहानगर, कोहलपुर नगरपालिका, डुडुवा र राप्तीसोनारी गाउँपालिकामा संगठन निर्माण गरिसकेकोमा शनिवार खजुरा गाउँपालिकामा पनि पालिकास्तरीय संगठन निर्माण गरेको छ । खजुरा गाउँपालिकामा शनिवार सम्पन्न भएको प्रेस सेन्टर नेपालको पहिलो पालिकास्तरीय सम्मेलनले रेखा थापाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । खजुरा गाउपालिकाको वडा नं ३ मा सम्पन्न पहिलो सम्मेलनद्धारा निर्वाचित २१ सदस्यीय कार्यसमितिको अध्यक्षमा थापा चयन निर्वाचित हुनु भएको हो । प्रेस सेन्टर सेन्टर खजुराको उपाध्यक्षमा अमृता अवास, सचिवमा अक्तार खाँन, सहसचिवमा अफ्ताव खान, कोषाध्यक्षमा बिना चौधरी र सदस्यहरुमा सुनिल परियार, सुरज नगाल, रबिना बिक, सन्तोष रम्तेल लगायत ...
नेपालगञ्ज ५ मा ८० जना स्थानीय नेकपा माओवादीमा प्रवेश

नेपालगञ्ज ५ मा ८० जना स्थानीय नेकपा माओवादीमा प्रवेश

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत ७ । नेकपा माओवादी केन्द्र नेपालगञ्जले संगठन सुदृढीकरण अभियान अन्तर्गत नेपालगन्जका विभिन्न वडामा पार्टी प्रवेश कार्यक्रम गर्ने क्रममा सोमबार नेपालगन्ज ५ मा विभिन्न दल परित्याग गरि ८० जना नेता कार्यकर्ता नेकपा माओवादीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य तथा नेपालगन्जका इन्चार्ज अकल बहादुर बमले स्वागत गर्नु भएको थियो। वाडा नं ५ कि प्रतिष्ठित मुस्लिम महिला नेतृ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित वडा सदस्य अन्जुमन बानो अन्सारी लगायत ८० जनाले प्रवेश गरेका हुन् । ८० जनालाई नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर समितिले खादा ओडाएर स्वागत गरेको उपमहानगर पार्टी अध्यक्ष रतन शाहीले बताउनु भयो । स्वागत कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य अकल बहादुर बम, डिल्ली बराल, नवीन शर्मा, आदेश अग्रवाल लगायत उपमहानगर पार्टी समितिका पद...
पुर्वमन्त्री राईद्धारा इमरान एण्ड मुस्तफा ज्वेलर्स र वडा प्रचार कार्यालयको उदघाटन

पुर्वमन्त्री राईद्धारा इमरान एण्ड मुस्तफा ज्वेलर्स र वडा प्रचार कार्यालयको उदघाटन

अर्थ, ताजा-अपडेट, ब्यापार, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत ७ । पुर्व सहरी विकास मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले सोमवार एक समारोहका विच नेपालगञ्ज ३ मा इमरान एण्ड मुस्तफा ज्वेलर्सको उदघाटन गर्नु भएको छ । नेपालगञ्ज ३ नेपाली मस्जिदको छेउमा गुलाम मुस्तफा जरगरद्धारा सञ्चालनमा ल्याईएको इमरान एण्ड मुस्तफा ज्वेलर्सको सोमवार साँझ पुर्व मन्त्री राईले उदघाटन गर्नुभयो । उहाँले नेपालगञ्जमा सुनचाँदी व्यवसाय फस्टाउँदो क्रममा रहेको जनाउँदै यसले यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो । सञ्चालनमा आएको पसलले गर्ने व्यवसायमा सफलताका लागि उहाँले शुभकामना समेत सो अवसरमा दिनुभयो । सो अवसरमा जनता समाजवादी पार्टीका प्रदेश सदस्य रमारानी वैश्य, जिल्ला सचिव राजेन्द्र विश्वकर्मा, नेताहरु सफिक सिद्दीकी गुड्डु, अजय बर्मा र संगम पोखरेल लगायतको पनि उपस्थिति रहेको थियो । उक्त पसलमा सुनचाँदी व...
नेपालगञ्ज १८ का वडा अध्यक्ष बर्माद्धारा सफाई कर्मचारीमाथि हातपात

नेपालगञ्ज १८ का वडा अध्यक्ष बर्माद्धारा सफाई कर्मचारीमाथि हातपात

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत ७ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक बर्माले नगरपालिकाका सरसफाई शाखामा काम गर्ने कर्मचारीमाथि हातपात गरेका छन् । वडाको फोहोर उठाउने विषयमा सरसफाई शाखाका तीन कर्मचारीसंग विवाद भएपछि अध्यक्ष बर्माले कर्मचारीमाथि हातपात गरेको कर्मचारीको आरोप थियो । सरसफाई कर्मचारीमाथि अनावश्यक रुपमा हातपात गरेको भन्दै कर्मचारीहरुले उपमहानगरपालिकामा गएर नाराजुलुस गरेका थिए । उनिहरुले अध्यक्ष बर्मामाथि कारवाहीको माग गर्दै धेरैबेरसम्म नाराबाजी गरेका थिए । तर, पछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, अन्य कर्मचारी र सरसफाई शाखाका कर्मचारीले बैठक गरेर सो विवादलाई मिलाएको बताईएको छ । सफाइको काम गराउने विषयमा सरसफाई कर्मचारीसंग अध्यक्षको विवाद भएको जनाउँदै दुबै पक्षले आआफ्नो गल्ती तथा कमीकमजोरी मानेपछि मेलमिलाप गराईएको अधिकृत बस्नेतले बताउन...
बाँकेका अगुवा व्यवसायी तथा माओवादी केन्द्रका नेता आचार्यको निधन

बाँकेका अगुवा व्यवसायी तथा माओवादी केन्द्रका नेता आचार्यको निधन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत ५ गते । बाँकेका वरिष्ठ व्यवसायी तथा माओवादी केन्द्रका नेता दामोदर आचार्यको शनिवार विहान नेपालगञ्जमा निधन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ पुर्व केन्द्रिय सदस्य र नेपालगञ्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष रहनु भएका नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य आचार्यको शनिवार विहान ९ बजे भेरी अस्पतालमा निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगसंग लड्दै आउनु भएका ५९ बर्षीय आचार्यको उपचारका क्रममा निधन भएको नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष आइपी खरेलले बताउनुभयो । नेपालगञ्जका प्रतिष्ठित व्यवसायीका रुपमा चिनिने आचार्य २०७४ को स्थानीय निर्वाचनमा माओवादीको तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकामा मेयरको उम्मेदवार पनि बन्नु भएको थियो । लामो समय देखि क्यान्सर रोगले पिडित उहाँले लामो समय भारतको दिल्लीमा उपचार गराएर नेपाल फर्किनु भएको थियो । प्युठानको खैरामा जन्म...
पुर्वमन्त्री राईद्धारा चाय सुत्ता बार युनिक प्वाइन्टको उदघाटन

पुर्वमन्त्री राईद्धारा चाय सुत्ता बार युनिक प्वाइन्टको उदघाटन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत ३ । नेपालगन्जमा चाय सुत्ता बार युनिक प्वाइन्ट सन्चालनमा आएको छ । लुम्बिनी प्रदेशको पुरानो शहर नेपालगन्जको त्रिभुवन चोकस्थित नारायण माबि नजिक सञ्चालनमा आएको चाय सुत्ता बार युनिक प्वाइन्टको एक कार्यक्रमका बीच पुर्व मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले बुधवार साँझ उदघाटन गर्नुभयो । उदघाटन कार्यक्रममा जनता समाजवादी पार्टीका नेपालगन्ज उपमहानगरपालिका ८ नम्बर वार्ड इकाईका अध्यक्ष सफीक सिद्दिकि गुड्डु, वडा नम्बर ८ का पुर्व वडा अध्यक्ष निजामुद्दीन सिद्दिकी मुन्ना, हमीद शेष , हनीफ शेष तथा जसपाका नेताहरु श्रवण यादव, रमारानी गुप्ता, माजिद शेष लगायत लगायत ५० भन्दा बढीको उपस्थिति रहेको थियो । संचालनमा आएको युनिक प्वाइन्टमा हुक्का बार, चिया, कफि, स्वादिष्ट दहि लगायत पाइने प्वाइन्टका प्रोप्राइटर वसिम शेषले बताउनुभयो । उहाँले युवाको ...
अछामी सेवा समाज बाँकेद्धारा होली देउडा खेलको आयोजना

अछामी सेवा समाज बाँकेद्धारा होली देउडा खेलको आयोजना

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत ३ । भाषा, सांकृती र कलालाई जर्गेना गर्न अछामी सेवा समाज बाँकेले होली देउडा खेलको आयोजना गरेकोछ । नेपालगन्ज बसपार्क पिपल चौतारामा चैत ३ र ४ गते विहिबार र शुक्रवार विहान ११ बजे देखि अछामी सेवा समाज बाँकेद्धारा विभिन्न स्थानिय कलाकारको उपस्थितीमा होली देउडा खेलको आयोजना गरिएको शेर बहादुर बोहराले बताउनुभयो । सो आयोजित होली देउडा खेलमा सम्पुर्ण बाँकेमा बस्दै आउनु भएका सबै जातजाती धर्म संस्कृती र देउडा प्रेमीहरुलाई उपस्थितीका लागि हार्दिक अनुरोध समेत बोहराले गर्नुभयो । होली पर्वमा मनोरन्जन तथा मौलिक, भाषा,संस्कृती र कलालाई जर्गेना गर्न अछामी सेवा समाजले प्रत्येक वर्ष विविध कार्यक्रम गरेर होली मनाउदै आएको छ ।...
बाँकेमा पालिकास्तरमा संगठन निर्माण गर्ने पत्रकारको पहिलो संगठन बन्यो प्रेस सेन्टर नेपाल

बाँकेमा पालिकास्तरमा संगठन निर्माण गर्ने पत्रकारको पहिलो संगठन बन्यो प्रेस सेन्टर नेपाल

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगज, चैत १ । बाँके जिल्लामा पालिकास्तरमा संगठन निर्माण गर्ने पत्रकारहरुको पहिलो संगठन बनेको छ, प्रेस सेन्टर नेपाल । जिल्लाका तीनवटा पालिकामा प्रेस सेन्टर नेपालले संगठन निर्माण गरिसकेको छ भने अन्य पालिकामा पनि गठनको प्रक्रिया शुरु गरिएको प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट धितालले बताउनुभभयो । उहाँले हालसम्म कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा प्रेस सेन्टरको गठन गरिसकेको बताउनुभयो । अध्यक्ष धितालका अनुसार प्रेस सेन्टर नेपाल डुडुवा गाउँपालिकाको प्रथम भेलाले मंगलवार कालु गिरीको नेतृत्वमा गाँउ कमिटि निर्माण गरेको छ । भेलाले गिरीको नेतृत्वमा सर्वसम्मत गाँउ कमिटि चयन गरेको हो । जसको उपाध्यक्षमा दिपशिखा दाहाल बिष्ट, सचीवमा मनिषा परियार, सहसचिवमा अम्मर बुढाथोकी र कोषाध्यक्ष रहिस अलि शेष चयन भएका छन भने सदस्यहरुमा इसाक अलि शेष, अमानत शेष, नन्दा...
कुटपिटबाट गम्भीर घाइते भएका खजुरा ८ का साईको मृत्यु, तीन जना पक्राउ

कुटपिटबाट गम्भीर घाइते भएका खजुरा ८ का साईको मृत्यु, तीन जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगज, चैत १ । सामान्य विवादमा भएको कुटपिटबाट गम्भीर घाइते भै नेपालगञ्जस्थित मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार गराईरहेका खजुरा गाउँपालिका वडा नम्बर ८ का कलिम साईको मंगलवार मृत्यु भएको छ । मृतक साईका पिता सलिम साईका अनुसार फागुन २५ गते तास खेल्ने विषयमा भएको सामान्य विवादलाई लिएर २६ गते सोधपुछ गर्ने क्रममा आफ्नो छोरामाथि तिलक शाही, रतन शाही र नेत्र शाहीले भाटाले आक्रमण गर्दा टाउकोमा गम्भिर चोट लागेपछि नेपालगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । तर, उपचारकै क्रममा साईको स्वास्थ्य अवस्थामा सुधार नआई झन झन गम्भिर बन्दै गएपछि मंगलवार दिउँसो मृत्यु भएको शिक्षण अस्पतालले जनाएको छ । सामान्य विवादमा कुटपटि गरेर मानिसको ज्यान लिनेहरुलाई कडा भन्दा कडा कारवाही गर्न मृतकका आफन्त र स्थानीय बासिन्दाले प्रहरी प्रशासनसंग माग गरेका छन् । साईलाई आक्रमण गर्न...
कतार च्यारेटीद्धारा नरैनापुरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

कतार च्यारेटीद्धारा नरैनापुरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
६७८ जनाको स्वास्थ्य परीक्षण गरेर औषधी वितरण गरियो नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत १ । स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा रहेको बाँकेको सबैभन्दा पिछिडिएको मानिने नरैनापुरमा कतार च्यारेटीको आर्थिक सहयोगमा विशेषज्ञ चिकित्सकहरुको सहभागितामा मंगलवार निशुल्क स्वास्थ्य शिविरको आयोजना गरियो । नरैनापुर गाउँपालिका, नेपालगञ्ज मेडिकल कलेज र भैरव प्रसाद गणको समन्वयमा बाँके युनेस्को क्लबले आयोजना गरेको सो स्वास्थ्य शिविरमा पहिलो पटक विभिन्न रोगका विशेषज्ञ डाक्टहरु पुगेकोले ठुलो संख्यामा विरामीहरुले सेवा लिएका छन् । लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र नरैनापुरमा आयोजना गरिएको उक्त स्वास्थ्य शिविरमा ६७८ जना महिला पुरुष र बालबालिकाले निशुल्क स्वास्थ्य परिक्षण गराएर औषधी समेत निशुल्क पाएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अलि सिद्दीकीले बताउनुभयो । स्वास्थ्य परिक्षण गराएका ६७८ जना मध्ये जटिल क...