सबै मतदाताले मनपराएका उम्मेदवार ः जहाँगिर मुसलमान

नेपालगन्ज उद्योग वाणिज्य संघमा जहाँगिर मुसलमानको जित सुनिश्चित
समाचारदाता
नेपालगन्ज, भदौ ४ गते । यही भदौ ६ गते शनिवार हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा चिरञ्जीवी ओली नेतृत्वको साझा संयुक्त प्यानलबाट सदस्य पदमा नेपालगन्जका प्रसिद्ध व्यवसायी जहाँगिर मुसलमान चुनावी मैदानमा हुनुहुन्छ ।


गत ३० वर्षदेखि विश्वकै टप ब्रान्ड एलजीका विभिन्न सामानको बिक्रेता रहनु भएका मुसलमानले व्यवसायीको हकहित संरक्षण, व्यवसाय प्रवद्र्धन र व्यावसायिक वातावरण सुधारलाई प्राथमिकतामा राखेर उम्मेदवारी दिएको बताउनुभयो ।


व्यवसायीका समस्या, पिडा र दुखलाई राम्ररी नजिकबाटै अनुभव गर्नु भएका जहाँगिरका व्यवसायीक प्रतिष्ठानहरुमा न्युरोडको एलजी शोरुम, घरबारी टोलको शहनाज एण्ड एलजी शोरुम र सुर्खेतरोडमा रहेको नेशनल मल्टिकेयर हस्पिटल हुन् ।
उहाँ एलजीका दुईवटा शोरुमका सञ्चालक हुनुहुन्छ भने भेरी अस्पतालमा कार्यरत डा. सैय्यद सद्दामद्धारा सुर्खेतरोडमा सञ्चालित नेशनल मल्टिकेयर हस्पिटलका प्रबन्ध निर्देशक हुनुहुन्छ । उहाँ डा. सद्दामका जेठो दाजु समेत हुनुहुन्छ ।


व्यवसायीबीच एकता कायम गर्दै संघलाई सदस्यको हितमा केन्द्रित, पारदर्शी र उत्तरदायी संस्थाका रूपमा अघि बढाउन पहल गर्ने प्रतिवद्धता जनाउँदै आफु चुनावी मैदानमा आएकोले मतदाताको अतिनै राम्रो सहयोग र समर्थन प्राप्त भइरहेको जहाँगिर मुसलमानले बताउनुभयो ।
उहाँको व्यक्तित्व, व्यवसायीक अनुभव र क्षमतालाई देखेर अधिकांश मतदाताले उहाँलाई बिजयी गराउने जनाएका छन् । मतदाताहरुसंग गरिएको कुराकानी र छलफलमा अधिकांशले उहाँको जित सुनश्चित भएको बताएका छन् ।
हालसम्मको अवस्था हेर्दा सदस्य पदमा जहाँगिरको जित सहज रुपमै हुने देखिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *