भेरी अस्पतालमा परीक्षण गराउनेमध्ये ७० प्रतिशतलाई कोरोना संक्रमण
सिराज खान
नेपालगञ्ज, माघ ५ । पछिल्लो समयमा भारत र नेपालका करिब सबै ठाउँहरुमा एक्कासी कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । करिब तीन साता अघिसम्म बाँकेमा शुन्यमा झरेको संक्रमण दर अहिले आएर ७० प्रतिशतमा पुगेको छ ।
भेरी अस्पतालले आफ्नो सामाजिक सञ्जालको पेज मार्फत बुधवार दिएको जानकारी अनुसार सो अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ७० प्रतिशतलाई कोरोना संक्रमण देखिएको छ ।
अस्पतालका अनुसार गत चौबिस घण्टामा भेरी अस्पतालको प्रयोगशालामा १०१ जनाको पिसीआर परीक्षण गर्दा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये अधिकांश बाँके जिल्लाका नागरिकहरु रहेका छन् । बुधवार २३ जना अस्पतालमा भर्ना भएको र ३ जना निको भएर घर फर्किएको पनि भेरी अस्पतालले जनाएको छ ।
भेरी अस्पतालले दिएको तथ्यांक निकै चिन्ताजनक रहेको छ । परीक्षण गराएका मध्ये ७० प्रतिशतमा संक्रमण देखिनुले जिल्लामा सयौंको संख...









