Author: Nepalgunj Pati

अम्बिका बनिन् काफ्ले समाज बाँकेकी अध्यक्ष

अम्बिका बनिन् काफ्ले समाज बाँकेकी अध्यक्ष

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस १९ । काफ्ले समाज बाँकेले आज नयाँ कार्यसमिती चयन गरेको छ। सोमबार समाजका अध्यक्ष धनप्रसाद काफ्लेको अध्यक्षतामा भेला सम्पन्न भएको हो। भेलाले अम्बिका काफ्लेको नेतृत्व रहने गरि २१ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ।जसमा अध्यक्ष अम्बिका काफ्ले , उपाध्यक्ष दुर्गाप्रसाद काफ्ले, डिलाकुमारी काफ्ले, उत्सव काफ्ले, सचिवमा अमृत काफ्ले,कोषाध्यक्षमा राजेन्द्र काफ्ले, सहसचिवमा उमेश काफ्ले सदस्यहरुमा लक्ष्मी काफ्ले, कृष्ण काफ्ले,भाष्कर काफ्ले,नारायण प्रसाद काफ्ले र नेत्र काफ्ले रहेका छन् । काफ्ले समाजको भेलामा बाँके जिल्लामा बसोबास गर्ने काफ्ले बन्धुहरुको उपस्थिति रहेको थियो।    ...
नरैनापुरका करिब दस हजार घरधुरीलाई सिलिण्डर र ग्याँस चुल्हो वितरण

नरैनापुरका करिब दस हजार घरधुरीलाई सिलिण्डर र ग्याँस चुल्हो वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, पुस १९ । केही समयअघिसम्म जिल्लाकै सबैभन्दा बढी पिछिडिएको मानिने नरैनापुर गाउँपालिकामा स्थानीय सरकार निर्वाचित भएपछि अहिले सो क्षेत्रको मुहारनै परिवर्तन भएको छ । विकास निर्माणमा मात्र नभएर जनताको जिवनस्तर उकास्ने कामदेखि शिक्षा र स्वास्थ्यका क्षेत्रमा समेत उल्लेखनीय प्रगतिहरु भएको स्थानीयको भनाई छ । नरैनापुर क्षेत्रमा धार्मक रुपमा सबैभन्दा सम्मानित मियाँ साहेब परिवारका सदस्य ईश्तियाक अहमद शाहको नेतृत्वमा सरकार गठन भएपछि सो क्षेत्रका जनताले वास्तवमै सिंहदरबार गाउँमा पुगेको अनुभूति गरेको स्थानीयले बताएका छन् । संघिय सांसद तथा हालका मन्त्री महेश्वर गहतराज अथक र प्रदेश सभासद कृष्णा केसी नमुनासंगको समन्वय र सहयोगमा पहिलो पटक नरैनापुरको बघौडासम्म कालोपत्रे सडक र विद्युत पुगेसंगै छात्रालाई विद्यालयमा टिकाइ राख्न साइकल वितरणदेखि अस्पतालको स्तरोन्नती गरेको शाह नेतृत्वको सरकार...
नेपालगञ्जका सातवटा वडालाई एकैसाथ बाल बिवाहमुक्त घोषणा गरियो

नेपालगञ्जका सातवटा वडालाई एकैसाथ बाल बिवाहमुक्त घोषणा गरियो

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्ज, पुस १९ । नेपालगञ्ज उप–महानगरपालिकाका थप ७ वटा वडालाई बालबिवाह मुक्त वडा घोषणा गरिएको छ । एक औपचारिक कार्यक्रम गरि एकसाथ वडा नम्बर ३,४,९,११,१८,२० र २१ लाई वाल विवाह मुक्त वडा घोषणा गरिएको नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले जानकारी दिनुभयो । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री, शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख रामसुरेश यादव लगायतको उपस्थितीमा आयोजित कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले वडालाई बालविवाहमुक्त वडा घोषणा गर्नुभयो । सो अवसरमा उपप्रमुख थापाले यो घोषणापछि महिला र बालिकाको स्वास्थ्यसँगै समृद्ध र सुखी नेपालगञ्ज बनाउन मद्दत पुग्ने बताउनुभयो । घोषणा अन्तिम नहुने भन्दै उहाँले बाल बिवाहलाई शुन्यमा झार्न सम्पूर्ण नगरबासीको साथ र सहयोगको अपेक्षा गरिएको बताउन...
चिसो बढेपछि बाँकेको जनजिवन अत्याधिक प्रभावित

चिसो बढेपछि बाँकेको जनजिवन अत्याधिक प्रभावित

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस १८ । केही दिन यता बाँके र सो वरिपरिका जिल्लाहरुमा चिसो असाध्यै बढेको छ । बाक्लो हुस्सु र शीतलहर दिउँसो मध्यान्हसम्मै रहँने हुँदा तापक्रम दिनदिनै घटिरहेको छ । एकातिर अबेला घाम लाग्ने, त्यसमा पनि पारिलो घाम नलाग्दा चिसो बढेको हो । चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । आइतवार विहानै विद्यालय, कलेज जाने शिक्षक, विद्यार्थीदेखि काममा निस्कनेहरुलाई समस्या भएको छ । विपन्न बर्गलाई चिसोले अझ सताएको छ । मजदुरहरु समस्यामा छन् । भिजिविलिटी कम हुँदा जहाज उडान प्रभावित भएको छ भने विहान लाग्ने बाक्लो कुहिरोले सडक दुर्घटनाको जोखिम बढाएको छ । नेपालगञ्जको तापक्रम घटेर आइतवार विहान ९ डिग्री सेल्सियस पुगेको थियो । नेपालगञ्जको आकाशमा आंशिक बदली पनि छ । केही दिन अघि परेको पानी र हिजोआज विहानैदेखि चल्ने गरेको शीतलहर र बाक्लो हुस्सुले चिसो निकै बढाएको हो । चिसो बढेपछि विभिन्न...
कश्मिरा खातुनको गारमेन्टमा आगलागि हुँदा चार करोडको क्षति

कश्मिरा खातुनको गारमेन्टमा आगलागि हुँदा चार करोडको क्षति

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस १७ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–२ घरबारीटोलस्थित लुम्बिनी गार्मेन्ट उद्योगमा शुक्रवार राति आगलागी हुँदा चार करोडको क्षति भएको छ । आगलागीबाट उद्योग भित्र रहेका सबै मेशिन, कच्चापदार्थ तथा तयारी कपडा जलेर नष्ट भएको उद्योग सञ्चालक कालिमिया कस्मिरा खातुनले जानकारी दिनुभयो । राती एक बजे आगलागी भएको थाहा पाएपछि तुरुन्त नेपालगन्ज उपमहानगरपालिकाको दमकलाई खबर गरेपनि एक घण्टापछि आएर आगो नियन्त्रणमा लिएको खातुनले बताउनुभयो । के कारणले आगलागी भएको हो भन्ने जानकारी नभएपनि बिद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने गार्मेन्ट सञ्चालक खातुनको भनाई छ । उद्योगमा सुईटर लगायतका उलनका कपडा उत्पादन हुँदै आएको थियो । आगलागीबाट सुईटर उत्पादन गर्ने पाँच वटा अटोजाईका मेशिन र एउटा सर्कुलर ईन्टरलक मेशिन लगायत कच्चापदार्थ र तयारी कपडा गरि चार करोड बढी क्षति भएको उद्योग सञ्चालक...
कोइला बालेर सुत्दा निसासिएका तीनै जना होसमा आए

कोइला बालेर सुत्दा निसासिएका तीनै जना होसमा आए

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस १५ । नेपालगन्जस्थित कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखाको क्वार्टरमा निसास्सिएर बेहोस भएका तीन जना होसमा आएका छन् । तीन वर्षीय दिवश भट्टराई, २४ वर्षीया सुशीला भट्टराई र १८ वर्षीय नरेन्द्र भट्टराई होसमा आउनुभएको हो । भेरी अस्पतालमा उपचाररत उनीहरू होसमा आएको उपचारमा संलग्न डा सुवास जिसीले जानकारी दिनुभयो । सानो बच्चा र आमा होसमा हुनुहुन्छ उहाँले भन्नुभयो–‘बच्चालाई झोल खुवाउने भनिएको छ । भाइलाई भने भेन्टिलेटरमै राखिएको छ ।’ होसमा आए पनि शरीरमा कार्बनमोनोअक्साइड रहेकाले भेन्टिलेटरमा राखेर वास गर्ने काम भइरहेको उहाँको भनाइ छ । राति कोइला बालेर सुतेपछि निसास्सिएर मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी कालिकोटको खाँडाचक्र नगरपालिका–६ का २३ वर्षीयका धनप्रसाद भट्टराई, उहाँका तीन महिने छोरा इप्सन भट्टराई, ४५ वर्षीया आमा कोपिला भट्टराई र दिदी ४० वर्षीया नन्द...
नेपालगञ्जमा फलामलाई सुन बताई ठगी गर्ने दुई जना ठुलो रकमसहित पक्राउ

नेपालगञ्जमा फलामलाई सुन बताई ठगी गर्ने दुई जना ठुलो रकमसहित पक्राउ

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस १५ । बाँकेको नेपालगञ्जबाट फलामलाई सुन बताएर ठगी गर्ने कार्यमा संलग्न दुई जनालाई १ किलो लेखिएको सुन जस्तो देखिने बिस्किट, करिब तीन लाख नगद तथा ४ लाखको चेकसहित प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नंवर २० राँझा चोक नजिक सुनको कारोबार भैरहेको सुचनाको आधारमा त्यहाँ पुगेको प्रहरीको टोलीले १ किलो लेखिएको सुनको बिस्कुट, २ लाख ७७ हजार रुपियाँ नगद तथा चार लाखको चेकसहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले अवैध रुपमा सुनको कारोबार भैरहेको भन्ने गोप्य सुचनाको आधारमा राँझा चोकबाट नक्कलीे सुन र नगद तथा चेकसहित जाजरकोटको बारेकोट गाउँपालिका ६ का २२ बर्षीय राजु कार्की र सोही बारेकोट गाउँपालिका वडा नं– ८ का २९ वर्षीय पुर्ण बहादुर बिकलाई पक्राउ गरिएको बताउनुभयो...
तमु लोसारको उपलक्ष्यमा मोरिङ्गा रोपियो

तमु लोसारको उपलक्ष्यमा मोरिङ्गा रोपियो

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस १५ । विश्व वन्यजन्तु कोषका निर्देशक डा घन श्याम गुरुङ , विश्वजन्तु कोष नेपाल कि गुड विल एम्बेस्डर वरिष्ठ गायिका आनी छोईङ डोल्मा र आठ विलियन रुखका का हरित अभियन्ता हेमन्तराज काफ्लेले संयुक्त रुपमा विहिबार सितलचिनिको बिरुवा नेपालगन्जको सोल्टी होटल परिसरमा लगाउनु भएको छ । सितलचिनिको बारेमा गायिका आनिले आफू अफ़्रिका घुम्न गएको बेला थाहा पाएको र यो स्वास्थ्यका लागि निकै फाईदा जनक एक सुपर फुड भएको बताउनु भएको थियो र त्यही मोरिङ्गाको बिरुवा लोसार जस्तो सुभ दिनमा लगाउन पाउँदा निकै खुसी भएको बताउनुभयो । विश्वजन्तु कोषका निर्देशक डा गुरुंगले रुख नै जीवन हो यो रुखले हामिलाई नेपालगन्जलाई स्मरण गराई रहने छ भन्दै संरक्षणका क्षेत्रमा हामीले सबैलाई चेतना दिन निकै जरुरी रहेकोले बिरुवा लगाउनुपर्ने बताउनुभयो । बिरुवा लगाउन जुराएकोमा नेपालगञ्जका हरित अभियन्ता हेमन्तलाई अत...
काँग्रेस महाधिवेशनले कार्यकर्तालाई उर्जा दियोः सहमहामन्त्री राठौर

काँग्रेस महाधिवेशनले कार्यकर्तालाई उर्जा दियोः सहमहामन्त्री राठौर

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस १५ । नेपाली काँग्रेसका नवनिर्वाचित सह–महामन्त्री किशोरसिंह राठौरले पार्टीको १४ औं महाधिवेशनले पाटीलाई नयाँ उर्जा दिएको बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले बिहीबार नेपालगन्ज विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले महाधिवेशनले एकताको सन्देश दिएको बताए । राठौरले नेता कार्यकर्ताहरुलाई अब एक ढिक्का भएर लाग्न आह्वान पनि गरे । पार्टी सुदृढ ढंगले अघि बढ्ने उनको विश्वास छ । सह–महामन्त्री राठौरले बाँकेमा हुन लागेको निर्वाचनमा आफुले सर्वसम्मतको प्रयास गर्ने बताए । उनले भने बाँके काँग्रेसको अधिवेशन सर्वसम्मतबाटै चुनिनेछ । त्यो सम्भव नभए लोकतान्त्रिक मान्यताअनुरुप निर्वाचन गरिनेछ । पत्रकारको जिज्ञासामा उनले आगामी चुनावमा एक्लै वा गठबन्धनमा लड्ने भन्ने बारेमा समय अनुसार निर्णय हुने बताए । ‘सभापति ज्युले प्रधानमन्त्रीका हैसियतले अवश्य पनि सबैलाई मिलाएर...
लागुऔषधसहित जुम्लाका युवक जमुनाहामा पक्राउ, रोकिएन ओसारपसार

लागुऔषधसहित जुम्लाका युवक जमुनाहामा पक्राउ, रोकिएन ओसारपसार

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस १५ । यहाँस्थित नेपाल भारत नाकाको सीमापारी रुपैडिहाबाट भैरहेको लागु औषधको ओसार पसार निरन्तर जारी नै रहेको पाईएको छ । प्रहरी सक्रियताका कारण दिनदिनै लागु औषध ओसार पसार गर्नेहरु पक्राउ पर्दै आएपनि ओसारपसार गर्न छोडेका छैनन् । सो क्रममा पछिल्लो पटक विहिबार विहान नेपालगञ्जको सिमा नाका जमुनाहबाट लागूऔषध ट्याब्लेटसहित एक जना १९ वर्षका युवक पक्राउ परेका छन् । लागु औषध ओसार पसार र सेवनमा अधिकांश युवानै रहेको पाईएको जमुनाहा प्रहरीले जनाएको छ । विहिबार विहान ९ बजेर ४५ मिनेट जाँदा सीमापारी रुपैडिहाबाट आइरहेको जुम्ला गोठीचौर गाउँपालिका १५ का १९ वर्षिय युवक दिनेश नेपालीलाई चेक जाँच गर्दा उनले लुकाएर ल्याईरहेको विभिन्न लागु औषधका १०१ वटा ट्याब्लेटसहित नियन्त्रणमा लिईएको जमुनाहा प्रहरीले जनाएको छ । नेपालीको चेकजाँच गर्दा प्रहरीले नाइट्रोभेट ५१ ट्याब्लेट, एनटी १० नाम...