जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवाहरुलाई ५० थान कम्बल वितरण
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २९ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेले जिल्ला प्रहरी प्रहरी कार्यालय बाँकेका थुनुवाहरुलाई ५० थान कम्बल सहयोग गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार चिसोले थुनुवाहरु बिरामी पर्न थालेपछि बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीको पहलमा थुनुवाहरुलाई कम्बल वितरण गरिएको हो ।
हाल बढिरहेको जाडो तथा मौसम परिवर्तनलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयमा रहेका ५० जना थुनुवालाई कम्बल वितरण गरिएको बाँकेका प्रहरी प्रवक्ता र्डीसपी न्यौपानेले बताउनुभयो । सो कम्बल जिल्ला प्रहरी कार्यालय बाँकेको पहलमा जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला आपतकालिन परिचालन कक्ष बाँकेको सहयोगमा उपलब्ध गराईएको पनि उहाँले बताउनुभयो ।
यसअघि रेडक्रस सोसाइटी बाँके मार्फत बाँके कारागारका कैदीबन्दीलाई पनि ३० थान कम्बल हस्तान्तरण ...









