कर्णाली क्षेत्रीय मेडिकल स्टोरको क्वाटरमा सुतेका एकै परिवारका चारजना मृत भेटिए
सिराज खान
नेपालगञ्ज, पुस १५ गते । भेरी अस्पतालको हाताभित्र रहेको कर्णाली क्षेत्रीय मेडिकल स्टोरको क्वाटरमा बस्दै आएका एकै परिवारका चार जना सुतेकै अवस्थामा विहिबार विहान मृत भेटिएका छन् भने तीन जना बेहोस अवस्थामा फेला परेका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले दिनु भएको जानकारी अनुसार उनिहरुले आगो बालेर झ्याल ढोका बन्द गरि सुतेको देखिएकोले निसासिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
उहाँले भेरी अस्पताल परिसरभित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी खाँडाचक्र नगरपालिका ६ कालीकोटका २३ बर्षीय धनप्रसाद भट्टराई, उहाँको ३ महिनाको छोरा इप्सन भट्टराई, सासु अन्दाजी ५५ बर्षीया कोपिला भट्टराई र धनप्रसादकी बहिनी अन्दाजी २२ बर्षीया कोली भट्टराईको मृत्यु भएको पाईएको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकार...









