गुलरियामा जलवायु परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सम्पन्न
समाचारदाता
नेपालगन्ज, मंसिर ८ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाको गुलरियामा जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापन र मानवतावादी कार्यक्रम सम्बन्धी दुईदिने क्षमता विकास तालिम सफलतापूर्वक सम्पन्न गरेको छ ।
क्लबले सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत आयोजना गरिएको सो तालिमको मुख्य उद्देश्य किशोरी तथा युवाहरूको जलवायु परिवर्तन र विपद् सम्बन्धी ज्ञान, नेतृत्व क्षमता र स्थानीय स्तरमा कार्यान्वयन क्षमतामा वृद्धि गर्नु रहेको क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
उहाँका अनुसार दुई दिनसम्म चलेको उक्त तालिममा सहभागीहरूलाई जलवायु परिवर्तनका आधारभूत अवधारणा, कारण तथा स्थानीय प्रभाव,अनुकूलन र न्युनिकरणका व्यावहारिक उपायबारे विस्तृत जानकारी प्रदान गरिएको थियो ।
तालिमका सहभागीहरूले आफ्नो समुदायमा देखापर्ने जलवायु तथा विपद् सम्बन्धी समस्याहरूका बारेमा...









