‘बाँकेका नारीस्रष्टा र सिर्जना’ कृतिको विमोचन तथा वरिष्ठ साहित्यकार तिमिल्सिना एवं ढकाल पुरस्कृत
सिराज खान
नेपालगन्ज, भदौ २१ गते । बाँके जिल्लामा रहेर साहित्य सिर्जनामा क्रियाशील २६ जना नारीस्रष्टाका ५४ वटा कृतिहरूको समालोचना गरिएको ‘बाँकेका नारीस्रष्टा र सिर्जना’ कृतिको नेपालगन्जमा शनिवार विमोचन गरिएको छ ।
कल्पना फाउन्डेसन नेपालद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनत रेग्मीले समालोचक लेक प्रसाद प्याकुरेलको उक्त कृतिको बिमोचन गर्नुभयो ।
सो अवसरमा कृतिमा समेटिएका २६ वटै नारी स्रष्टाहरूलाई प्रमुख अतिथि रेग्मी र विशिष्ट अतिथि प्रा.डा.कृष्ण घिमिरेले नारी रत्न सम्मान प्रदान गर्नुभएको थियो । उक्त कृतिको समीक्षा समालोचक डा.पुष्कर रिजालले गर्नुभयो ।
सोही कार्यक्रममा साहित्यकार समालोचक डा.हरि प्रसाद तिमिल्सिनालाई कल्पना पौडेल जिज्ञासुद्वारा स्थापित मनिकर्ण टीकाराम स्मृति पुरस्कार र साहित्यकार महानन्द ढकाललाई ऋषिराम सापकोटाद्वारा स्थापित देउ...









