मधुवन नगरपालिकाका तीन विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री हस्तान्तरण
समाचारदाता
नेपालगन्ज, ४ असार । बर्दिया जिल्लाकाे मधुबन नगरपालिकाका तीन विद्यालयलाई बिज्ञान विषयको ल्याब सामग्री उपलव्ध गराइएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा संचालित सशक्त बालिका परियोजना अन्तर्गत विद्यालयहरुलाई बिज्ञान विषयको सामग्री उपलव्ध गराइएको हो ।
परियोजना संयोजक तथा बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्द लामिछानेका अनुसार, बर्दिया मधुवन नगरपालिका वडा नं. ६ सानोश्रीको गुराँस नमूना विद्यालय, वडा नं. ४ ढोढरीको नेपाल राष्ट्रिय नमूना विद्यालय र वडा नं. १ सूर्यपटवाको त्रिभुवन माध्यमिक विद्यालयलाई प्रति बिद्यालय दुई लाख ९३ हजार बढी मूल्यका सामग्री उपलव्ध गराइएको छ ।
मधुबन नगरपालिकास्थित गुराँस माविमा भएको पहिलो औपचारिक कार्यक्रममा प्रमुख अतिथि मधुवन नगरपालिकाका मेयर तेजबहादुर भाटले प्रधान अध्यापक केशव पौडेललाई ल्याब सामग्री हस्तान्तरण गर्नुभयाे ।
कार्यक्र...









