बालविवाह न्युनिकरणकालागि थारु आयोगद्धारा ६ बुँदे बर्दिया प्रतिबद्धता घोषणा
बरघरहरुलाई जिम्मेवार बनाउन बृहत्त अन्तरक्रिया कार्यक्रम गरियो
सिराज खान
नेपालगन्ज, चैत २३ । बालविवाहलाई पूर्ण रुपमा बन्द गर्न थारु आयोगले ६ बुँदे बर्दिया प्रतिबद्धता घोषणा गर्दै बृहत्त अन्तरक्रिया र छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
थारु आयोगले प्लान ईन्टरनेसनल नेपालसंगको सहकार्य र बाँके युनेस्को क्लब तथा अन्य संघ संस्थाहरुसँगको समन्वयमा बर्दियाको गुलरीयामा आयोजना गरेको बालबिवाह न्युनिकरणकालागि बरघरहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा ब्यापक छलफलपछि ६ बुँदे प्रतिबद्धता घोषणा गरिएको हो ।
कार्यक्रमको समापनमा आयोगले घोषणा गरेको प्रतिवद्धताहरुमा बालबिवाहलाई कुनै पनि हालतमा स्वीकार नगर्ने, बालबिवाह बिरुद्ध ब्यापक जनचेतना अभिबृद्धी गर्ने, बालबिवाह बिरुद्धका नीती, नियमहरुलाई कार्यन्वयन गर्न सम्बन्धित निकायमा पैरवी गर्ने र बालबिवाह न्युनिकरणको बिषय बरघर ऐनमा समाबेश गरी बरघरलाई अधिकार तथा श्...









