बर्दिया बढैयातालका स्वास्थ्य सेवा प्रदायकलाई दुई दिने प्रशिक्षण
समाचारदाता
नेपालगन्ज, फागुन ९ । बर्दियाको बढैयाताल गाउँपालिका अन्तर्गत नौ वटै वडाका स्वास्थ्य चौकी प्रमुख, प्रतिनीधी तथा स्वास्थ्य सेवा प्रदायककालागि दुई दिने प्रशिक्षण सम्पन्न भएको छ ।
स्वास्थ्य सेवालाई सरल र व्यवस्थ्यित बनाउनकालागी प्लान इन्टरनेसनल नेपाल र बाँके यूनेस्को क्लबको साझेदारीमा शसक्त बालिका परियोजना अन्तर्गत सो प्रशिक्षण सञ्चालन गरिएको हो ।
स्वास्थ्य सेवा प्रदान गर्दा अपाङ्गमैत्री, किशोरकिशोरी मैत्री सेवा, किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका साथै यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुच, नीती निर्देशिका बारे जानकारी गराउने उद्देश्यले संचालित सो तालिममा स्वास्थ्य शाखा, स्वास्थ्य चौकि तथा आधारभूत स्वास्थ केन्द्रका २० जनाको सहभागिता रहेको थियो ।
प्रशिक्षण कार्यक्रममा कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस, सेवा लिन आएका विरामीहरुले सुरक्षीत र भयरहीत बातावरणमा ...









