सशस्त्र प्रहरी बल र भारतीय सुरक्षा निकाय एसएसबीको डिआईजीस्तरीय समन्वयात्मक बैठक सम्पन्न
सिराज खान
नेपालगन्ज, माघ ५ । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल बीच पाल्पा जिल्लाको तिनाउँ गाउपालिका वडा नं ३ स्थित लुम्विनी केबलकार बुटवल हिलको सभाहलमा डिआईजी स्तरीय छैठौँ समन्वयात्मक बैठक शुक्रवार सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयले आयोजना गरेको उक्त समन्वयात्मक बैठकको नेतृत्व नेपालको तर्फबाट नं ५ बिन्ध्यावासिनी बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदिप कुमार पालले गर्नुभएको थियो भने र भारततर्फबाट उक्त समकक्षी बैठकको नेतृत्व भारतीय सशस्त्र सीमा बलको सेक्टर हेडक्वाटर लखीमपुर खिरीका डिआईजी बी विक्रमन तथा सेक्टर हेडक्वाटर गोरखपुरका डिआईजी मुन्ना सिंहले गर्नुभएको थियो ।
बैठकमा नं ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीना लगायत बाहिनी मातहत गणपति र भार...









