राजापुरमा मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा, कार्ययोजना तर्जुमा
समाचारदाता
नेपालगन्ज, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्थानीय मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समीक्षा तथा आगामी कार्ययोजना तर्जुमा कार्यशाला राजापुर नगरपालिकामा सम्पन्न भएको छ ।
क्बलले संचालन गरेको सुरक्षा परियोजना अन्तर्गत आयोजना गरिएको सो कार्यशालाको अध्यक्षता राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले गर्नुभएको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय राजापुरका डीएसपी होम प्रसाद चौधरी, स्थानीय मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिका पदाधिकारी एवं सदस्यहरू, शिक्षा, महिला तथा बालबालिका, स्वास्थ्य शाखाका प्रमुखहरू, राधा कृष्ण थारु जनसेवा केन्द्रका प्रतिनिधिहरू तथा अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यशालाको मुख्य उद्देश्य मानव बेचबिखन, लागूऔषध दुव्र्यसन तथा बालविवाह न्यूनीकरणकालागि हालसम...









