मधुवनमा समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणकालागि तीन दिने प्रशिक्षण
समाचारदाता
बर्दिया, भदौ २९ । सुरक्षित भविष्य परियोजनाअन्तर्गत मधुवन नगरपालिकामा “समुदायमा आधारित बाल संरक्षण संयन्त्रको कार्यान्वयन तथा सुदृढीकरण” विषयक तिनदिने प्रशिक्षण तथा अभिमुखीकरण सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लबद्वारा सञ्चालित प्रशिक्षणमा स्थानीय सरकार, पालिका स्तरीय बाल अधिकार समिति, वडा बाल अधिकार समिति, नेपाल प्रहरी, बाल क्लब, एलुम्नी क्लब, धार्मिक तथा सामुदायिक अगुवा, युवा समूह, आमा समूह, बडघर सञ्जाल र धार्मिक सञ्जाल लगायत विभिन्न समुदायमा आधारित संरचनाका ठाकुरबाबा, मधुबन र बारबर्दिया नगरपालिका ३० जना प्रतिनिधिको सहभागिता रहेको थियो ।
प्रशिक्षणमा बाल अधिकार तथा संरक्षण, जोखिममा रहेका बालबालिकाको पहिचान, बालविवाह, हिंसा, दुव्र्यवहार, शोषण, लागूऔषध दुरुपयोग, मानव बेचबिखन, घटना पहिचान, अभिलेखीकरण, रिपोर्टिङ, रेफरल तथा फलोअपलगायत विषयमा छलफल गरिएको थियो । गम्भीर बाल स...









