सोफिया रेजिडेन्सियल स्कुलको १८ औं खेलकुद दिवस भव्य रुपमा सम्पन्न
ब्लु हाउस बन्यो च्याम्पियन, अभिावकहरुले पनि खेल खेलेर रमाए
समाचारदाता
नेपालगन्ज, फागुन १३ । पचास भन्दा बढी खेलकुद प्रतियोगिताको आयोजना गरेर बिद्यालयका बालबालिकादेखि अभिभावक माता पिता समेतलाई खेलमा सहभागि गराई सोफिया रेजिडेन्सियल ईंगलिस स्कुलले मंगलवार १८ औँ खेलकुद दिवस भव्यताका साथ सम्पन्न गरेको छ ।
स्कुलको सुविधासम्पन्न खेल मैदानमा सम्पन्न गरिएको खेलकुद दिवसमा विभिन्न विधामा खेलाइएका ५० भन्दा बढी खेलकुद प्रतियोगिताका विजेतालाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरियो ।
विभिन्न प्रतियोगितामा सबैभन्दा बढी पदक र अंक प्राप्त गरेर ब्लु हाउसले खेलकुद दिवसको उपाधी जित्न सफल भई च्याम्पियन बन्न सफल भयो ।
विभिन्न खेलहरुमा पहिलो, दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका आन्तरिक मामिलामा तथा कानुन मन्त्री आदेश अग्रवाल, स्कुलका अध्यक्ष केबी ब...









