असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रको निशुल्क स्वास्थ्य शिविरमा ११५ जनाको उपचार
समाचारदाता
नेपालगन्ज, मंसिर १६ । बाँकेको राप्तिसोनारी गाउपालिका वडा नम्बर ६ को सुकमैया प्राथमिक विद्यालय नयाँबस्तीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिवार भएको शिविरमा ११५ जनाको निशुल्क चेकजाँच र उपचार गरिएको हो ।
नेपालगन्जस्थित असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रको सहयोग र वडा नं. ६ को संयोजनमा निशुल्क स्वस्थ्य शिविर भएको स्वास्थ्य केन्द्रका प्रमुख डा. प्रकाश बसेलले बताउनु भयो ।
शिविरमा उपस्थित लक्षित समुहलाई सम्बोधन गर्दै वडा अध्यक्ष लवराज खरेलले विभिन्न स्वस्थ्य शिविर भएपनि आजसम्म नाक, कान, घाँटीको स्वस्थ्य शिविर नभएको बताउनु भयो ।
उहाँले भनुभयो–गाउपालिकाले पहिला एकपटक शिविरको आयोजना गरेको थियो । तर त्यसपछि यसप्रकारको स्वस्थ्य शिविर हुन सकेको थिएन । तपाईहरुले यस्तो महत्वपूर्ण स्वस्थ्य शिविर ल्याएर आउनुभएको लागि धन्यवाद व्यक्त गर्दछु ।
वडाबासीलाई निशुल्क स्व...









