खजुरामा प्राङ्गारिक तरकारी उत्पादन प्रवर्धनकालागि सचेतना कार्यक्रम सम्पन्न
समाचारदाता
नेपालगन्ज, पुस १० । भेरी वातावरणिय विशिष्टता समूह बी–ग्रुप र खजुरा गाउँपालिकाको संयुक्त आयोजनामा खजुरामा प्राङ्गारिक तरकारी उत्पादन प्रवर्धनका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
एएफडी र एमडिएम फ्रान्सको सहयोगमा बी–ग्रुपले बाँकेमा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ को सहयोगमा खजुरा गाउँपालिका वडा नम्बर दुईमा रहेको अस्टम सहकारी संस्थाका सदस्यहरुका लागि प्राङ्गारिक तरकारी उत्पादन प्रवर्धन गर्न सचेतना कार्यक्रम आयोजना गरिएको परियोजनाका संयोजक समद सिद्दिकीले बताउनुभयो ।
उहाँले सो कार्यक्रममा किसानले उत्पादन गरेको तरकारीको परीक्षण गर्दा विषादी नभएको अर्गानिक तरकारी रहेको रिपोर्ट आएको पनि बताउनुभयो ।
कार्यक्रममा अस्टम सहकारी संस्थाका सदस्यहरुले एकीकृत शत्रुजीव ब्यवस्थापन प्रविधिबाट उत्पादन गरिएको अर्गानिक तरकारी समेत राखिएको ‘पेशागत तथा वातावरणीय ...









