भ्रष्ट्राचारको मुद्दा खेपिरहेका व्यक्तिसंग दान लिनु पनि भ्रष्ट्राचार हो–अध्यक्ष प्रचण्ड
सिराज खान
नेपालगन्ज, कात्तिक ५ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्ट्राचारको मुद्दा खेपिरहेका व्यक्तिसंग दान लिनु पनि एक प्रकारको भ्रष्ट्राचारनै भएको बताउनुभएकोछ ।
कर्णाली प्रदेशको जुम्लामा आयोजित कार्यक्रममा सहभागि हुन जाने क्रममा सोमवार विहान नेपालगन्ज विमानस्थलमा पुग्नु भएका अध्यक्ष प्रचण्डले पत्रकारहरुसंग संक्षिप्त कुरा गर्दै सो बताउनु भएको हो ।
उहाँले भन्नुभयो–‘ललिता निवास जग्गा प्रकरणको भ्रष्ट्राचारमा मुछिएर पक्राउ परि जमानतमा छुट्नु भएका मिन बहादुर गुरुंगको मुद्दा अझै अदालतमा बिचाराधिन रहेको अवस्थामा उहाँसंग दान लिनु अतिनै गलत कार्य हो, यो पनि एक प्रकारको भ्रष्ट्राचारनै हो ।’
यो सरकार भ्रष्ट्राचार बिरुद्धको अभियानबाट डराएर बनेको तथा यसले भ्रष्ट्राचारीलाई जोगाउने प्रयास गर्नेछ भनि आफुले सरकार छाडेको बेला संसदमा बोलेको कुरा अ...









