प्लान इन्टरनेशनल नेपाल र गुलरिया नगरपालिकाबिच अन्तरक्रिया र छलफल
समाचारदाता
नेपालगन्ज, भदौ ७ । प्लान इन्टरनेशनल नेपालको एक उच्चस्तरीय टोलीले बर्दियाको भ्रमण गरेर गुलरिया नगरपालिकाका जनप्रतिनिधिहरुसंग विभिन्न परियोजनाका बारेमा अन्तरक्रिया र छलफल गरेको छ ।
प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर रामकिशनको नेतृत्वमा रहेको सो टोली र बाँके युनेस्को क्लबको टोलीले संयुक्त रुपमा गुलरिया नगरपालिकामा पुगेर मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत लगायतसंग बैठक गरेर विभिन्न बिषयमा छलफल गरेको हो ।
प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर रामकिशनसंगै प्लान इन्टरनेशनल नेपाल सुर्खेतका दुर्गा क्षेत्री र जनक गिरीको टोलीले गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, उपमेयर सावित्रा गौतम प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, महिला तथा बालबालिका प्रमुख शीला शाह, शिक्षा शाखा प्रमुख सतीश यादव र विपद फोकल पर्सन मुकुन्द अर्यालसँग अन्तरक्रिया तथा छलफल गरेको थियो ।
प्लान इन...









