प्लान इन्टरनेसनल नेपालका साझेदार संस्थाहरुको बार्षिक समिक्षा गोष्ठि सुर्खेतमा सम्पन्न
समाचारदाता
नेपालगन्ज, असार १३ । प्लान ईन्टरनेसनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतले आर्थिक वर्ष ०८०÷०८१ को दुई दिने बार्षिक समिक्षा गोष्ठि सम्पन्न गरेको छ ।
प्लान ईन्टरनेसनल नेपाल, क्षेत्रीय कार्यालय सुर्खेतको कार्यक्षेत्र भित्रका कर्णाली र लुम्बिनी प्रदेशका साझेदार संस्थाहरुद्धारा ंसंचालित कार्यक्रमहरुको पुनरावलोकन र आगामी कार्यक्रमको रुपरेखा तयार गर्ने उद्येश्यका साथ सोे गोष्ठि आयोजना गरिएको थियो ।
सो गोष्ठिमा साझेदार संस्थाहरुले बर्षभरीमा गरेका मुख्य उपलब्धीहरु, सिकाई, चुनौंतीहरु, असल अभ्यासहरु र नवीनतम कार्यहरुको समिक्षा गरी आगामी बर्षको प्राथमिताहरुको पहिंचान र योजना तयारीको खाका निर्माण गरिएको जनाईएको छ ।
प्लान क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख मिना पराजुलीले सो समिक्षा गोष्ठिको उध्येश्य, प्लान ईन्टरनेशनल नेपालको आगामी प्राथमिकताका क्षेत्रहरुमा प्रकाश पार्दै गोष्ठिको शुरुवात ...









