Author: Nepalgunj Pati

गल्र्स टेक ओभर अभियान ः १४ बर्षीया कामना बनिन् कर्णाली प्रदेशको सामाजीक विकास मन्त्री

गल्र्स टेक ओभर अभियान ः १४ बर्षीया कामना बनिन् कर्णाली प्रदेशको सामाजीक विकास मन्त्री

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, शिक्षा
समाचारदाता नेपालगन्ज, मंसिर ११ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिनःअन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा कालिकोटकी १४ वर्षीय कामनाले कर्णाली प्रदेश, सामाजीक विकास मन्त्रालयका मन्त्रीे घनश्याम भण्डारीको भूमिका निर्वाह गर्नु भएको छ । बालबालिकाको अधिकार प्रबर्धन, बालिका र किशोरीको समानता र सशक्तिकरणका लागि क्रियासिल संस्था प्लान इन्टरनेशनलले सञ्चालन गरेको गल्र्स टेक ओभर अभियान अन्तर्गत कामनाले मन्त्रीको भूमिका निर्वाह गर्नु भएको हो । उक्त अवसरमा किशोरी मन्त्रीले बालबालिका र किशोरीहरु माथिहुने सबै खालको हिंसाको अन्त्य हुनुपर्ने माग गर्नुभयो । मन्त्रि बने पछी उहाँले कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको काम र योजनाबारे जानकारी लिनुभयो । शिक्षा, स्वास्थ्य र सामाजीक विकास महाशाखाका प्रमुखहरुले मन्त्रालयद्धारा भए गरेका कामहरु र आगामी योजनाबारे जानकारी दिनु भएक...
निशुल्क स्वास्थ्य शिविरमा उपचारकालागि मधेशी र मुस्लिम महिलाहरु ओइरिए

निशुल्क स्वास्थ्य शिविरमा उपचारकालागि मधेशी र मुस्लिम महिलाहरु ओइरिए

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
डुडुवामा आयोजित शिविरमा ३५७ जनाले स्वास्थ्य परीक्षण गराए, ५१ जनाको पाठेघरको मुखको क्यान्सर परीक्षण सिराज खान नेपालगन्ज, मंसिर ११ गते । पश्चिम नेपालको स्वास्थ्य उपचारको हब बनेको नेपालगन्ज उपमहानगरपालिकाको छेउमै रहेको डुडुवा गाउँपालिकामा आयोजित एक स्वास्थ्य शिविरमा मधेशी र मुस्लिम महिलाहरु ठुलो संख्यामा उपचारका लागि पुगेका छन् । नेपालगन्जबाट करिब ७ किलोमिटरको मात्र दुरीमा रहेको डुडुवा ६ हिरमिनियामा रहेको स्वास्थ्य चौकीमा सञ्चालन गरिएको महिला यौन तथा प्रजनन् स्वास्थ्य निशुल्क शिविरमा थामिनसक्नु गरि स्थानीय महिलाहरु उपचारका लागि पुग्नुभयो । मधेशी र मुस्लिम समुदायको बाहुल्यता रहेको सो वडा र वरिपरिका वडाबाट धेरै ठुलो संख्यामा महिलाहरु शिविरमा आएर वरिष्ठ चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गराउनु भएको डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो । उहाँले सोचे भन्दा धेर...
विश्व बाल दिवसमा मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता

विश्व बाल दिवसमा मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता

Uncategorized
समाचारदाता नेपालगन्ज, मंसिर ६ । बाँके युनेस्को क्लबले विश्व बाल दिवसको अवसर पारेर मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता बर्दियाको बढैयाताल गाउँपालिकामा सम्पन्न गरेको छ । बाँके युनेस्को क्लब र प्लान इन्टरेसल नेपालको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजनाको आर्थिक सहयोग र बढैयाताल गाउँपालिकाको समन्वय तथा गाउँपालिकास्तरीय युवा सञ्जालको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । सो प्रतियोगितामा परियोजना सञ्चालित ६ वटा विद्यालयका बालबालिकाहरूको सहभागिता रहेको थियो । बढैयाताल गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष शुक्रराज सापकोटाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको वक्तृत्वकला प्रतियोगितामा भगवती माध्यमिक विद्यालयका विकास अधिकारी प्रथम, ज्ञानज्योति माविका खिमा गन्धर्व दोस्रो, सरस्वती माध्यमिक विद्यालयका निश्चल परियार तेस्रो र सरस्वती माविका त्रिशला रेग्मीले सान्त्वना...
बर्दियाको ठाकुरबाबामा पाँच दिने जीवन सीप विकास तालिम सञ्चालन

बर्दियाको ठाकुरबाबामा पाँच दिने जीवन सीप विकास तालिम सञ्चालन

Uncategorized
समाचारदाता नेपालगन्ज, मंसिर ६ । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरबाबामा पाँच दिने जीवन सीप विकास तालिम सञ्चालन भइरहेको छ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा संचालित ग्रिन इकोनोमी परियोजना अन्तर्गत सो ५ दिने जीवन सीप विकास तालिम सञ्चालन गरिएको हो । तालिममा ठाकुरबाबा नगरपालिकाका १८ देखि २४ बर्ष उमेर समुहका २५ जना युवा महिलाहरुको सहभागिता रहेको बाँके युनेस्को क्लबले जनाएको छ । सो तालिको उदघाटन गर्दै ठाकुरबाबा नगरपालिका वडा नं. २ का वडाध्यक्ष कमल प्रसाद चापाईले तालिमको सफलताको कामना गर्दै जीवन सीप विकास तालिमले युवा महिलाको जीवनमा ठुलो परिवर्तन ल्याउने बताउनुभयो । उहाँले यस तालिमले युवाहरुको व्यक्तित्व विकास हुनुको साथै ठाकुरबाबा नगरपालिकामा दक्ष र सक्षम युवाहरुको पनि संख्या बृद्धि हुने बताउनुभयो । यस्तै, प्लान इन्टरनेसनल नेपालका कार्यक्रम वि...
बर्दियाको राजापुरमा व्यवसायिक सीप र साना उद्यमशीलता क्षमता विकास तालिम सञ्चालन

बर्दियाको राजापुरमा व्यवसायिक सीप र साना उद्यमशीलता क्षमता विकास तालिम सञ्चालन

Uncategorized
समाचारदाता नेपालगन्ज, मंसिर ६ । बाँके युनेस्को क्लबद्धारा बर्दियाको राजापुरमा व्यवसायिक सीप र साना उद्यमशीलताको क्षमता विकास तालिम सञ्चालन भइरहेको छ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बर्दियामा सञ्चान गरिएको ग्रिन इकोनोमी परियोजना अन्तर्गत सो तालिम सञ्चालन भइरहेको हो । आइतवारसम्म सञ्चालन हुने सो तालिममा राजापुर नगरपालिकाका १८ देखि २४ बर्ष उमेर समुहका २५ जना युवा महिलाहरुको सहभागिता रहेको छ । तालिमको उदघाटन गर्दै राजापुर नगरपालिकाका उपमेयर मनकला कुमारी चौधरीले तालिमको पुर्ण सफलताको शुभकामना व्यक्त गर्दै यस्ता तालिमले युवा महिलालाई रोजगारीमा लगाउन र आर्थिक अवस्था बलियो बनाउन सहयोग गर्ने बताउनुभयो । उहाँले स्थानीय सरकारले यस्ता परियोजनाको सफलताका लागि हर प्रकारको सहयोग गर्ने प्रतिवद्धता पनि सो अवसरमा जनाउनुभयो । बाँके युनेस्को क्लबका अनुसार सो तालिमक...
बर्दियाका वडा स्वास्थ्यप्रमुखहरुलाई सेवा सरल र व्यवस्थित बनाउने तालिम

बर्दियाका वडा स्वास्थ्यप्रमुखहरुलाई सेवा सरल र व्यवस्थित बनाउने तालिम

Uncategorized
समाचारदाता नेपालगन्ज, मंसिर ५ गते । बर्दियाको गुलरिया नगरपालिका अन्तर्गत १२ वटै वडाका स्वास्थ्य प्रमुख तथा प्रतिनीधीहरुकालागी ३ दिने प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ । मंगलवार देखी सञ्चालन गरिएको प्रशिक्षण शुक्रवार सम्म चल्ने आयोजक बाँके युनेस्को क्लबले जनाएको छ । स्वास्थ्य सेवालाई सरल र व्यवस्थ्यित बनाउका लागी प्लान इन्टरनेसनलसंगको साझेदारीमा बाँके यूनस्को क्लबद्धारा वर्दियामा सञ्चालन गरिएको शसक्त बालिका परियोजना अन्तर्गत सो प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । सो तालिमको उदेश्य स्वास्थ्य सेवा प्रदान गर्दा अपाङ्ग मैत्री सेवा दिदै किशोर मैत्री सेवा, किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकारकासाथै बाल मैत्री सेवा र नेपाल सरकारका यौन तथा प्रजनन स्वास्थ्यसेवा अधिकार, नीती निर्देशिका वारे जानकारी गराउने रहेको बाँके यूनेस्को क्लवका कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछानेले बताउनु ...
पर्यावरण संरक्षण सम्बन्धी एकदिने तालिम बर्दियामा सम्पन्न

पर्यावरण संरक्षण सम्बन्धी एकदिने तालिम बर्दियामा सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, कात्तिक २६ । बाँके यूनेस्को क्लब र प्लान इंटरनेशनल नेपालको साझेदारीमा सञ्चालित ग्रिन इकोनोमि परियोजना अन्तर्गत पर्यावरण संरक्षण सम्बन्धी एकदिने तालिम बर्दियामा सम्पन्न भएको छ । बर्दिया, भुरीगाउँमा सफलतापूर्वक सम्पन्न भएको सो तालिममा २५ जना १८ देखि २४ वर्ष उमेर समूहका युवतीहरूको सक्रिय सहभागिता रहेको थियो । तालिमको मुख्य उद्देश्य युवतीहरूलाई वातावरण र हरित अर्थतन्त्रको महत्व, प्रदूषित वातावरणका कारण विश्व तापमान बढ्दै जानु र जलवायु परिवर्तन जस्ता नकारात्मक प्रभावहरूको बारेमा ज्ञान प्रदान गर्नु रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँका अनुसार प्रशिक्षकहरूले समुदाय स्तरमा वातावरण संरक्षणका लागि गर्नुपर्ने आवश्यक पहलहरू बारे र विद्यमान पर्यावरणीय कानून तथा यसको प्रभावकारी कार्यान्वयनका महत्वका बारेमा बिस्तृत रुपमा जानकारी ...
सशस्त्र प्रहरीद्धारा बाँके र बर्दियाका सीमावर्ति क्षेत्रका वडा अध्यक्षसंग सीमा सुरक्षा बारे छलफल

सशस्त्र प्रहरीद्धारा बाँके र बर्दियाका सीमावर्ति क्षेत्रका वडा अध्यक्षसंग सीमा सुरक्षा बारे छलफल

ताजा-अपडेट, मुख्य समाचार, विविध
सिराज खान नेपालगन्ज, कात्तिक ११ गते । नेपाल भारत नाकामा खटिएको सशस्त्र प्रहरी बलले बाँके र बर्दियाका नाकामा रहेका स्थानीय तहका वडा अध्यक्षहरूसँग सीमा सुरक्षा को बिषयमा अन्तरक्रिया र छलफल गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर पाँच बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देही चन्द्रौटा कपिलवस्तुको आयोजनामा ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत नेपालगन्जस्थित आइसीपिमा सो कार्यक्रम गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बाँके र बर्दियाका सीमानामा पर्ने वडाहरुका वडा अध्यक्षहरूसँग सीमा इलाकाहरूमा हुन सक्ने लागुऔषध ओसारपसार, चोरी पैठारी, मानव बेचबिखन, अपराधिक गतिविधि नियन्त्रणमा सशस्त्र प्रहरीले जनतासंग सहकार्य गर्ने उदेश्यले अन्तरक्रिया गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेड क्वाटर बागेश्वरी बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले बताउनुभयो । सो छलफलमा बिन्ध्याबासिनी बा...
जलवायु संकट र विपद् जोखिम व्यवस्थापन सम्बन्धि दुई दिने तालिम सम्पन्न

जलवायु संकट र विपद् जोखिम व्यवस्थापन सम्बन्धि दुई दिने तालिम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, कात्तिक १० । बाँके युनेस्को क्लबलले बर्दियाको गुलरियामा सञ्चालन गरेको जलवायु संकट, विपद् जोखिम व्यवस्थापन, सरसफाई स्वच्छता र मानवीय सहायतासम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालित बालिका शसक्त परियोजनाअन्तर्गत सो तालिमको आयोजना गरिएको थियो । किशोरी क्लब र युवा क्लबका सदस्यहरूलाई विपदबाट हुने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न सावधानीका उपायहरू अवलम्बन गर्न र जोखिममा परेका समुदायलाई सचेत गराउनुका साथै जलवायुको संकटलाई कम गर्न समुदाय स्तरमा अभियान संचालनमा महत्वपूर्ण ज्ञान प्रदान गर्ने उद्देश्यले सो तालिम संचालन गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । दुई दिनसम्म सञ्चालन गरिएको सो तालिममा जम्मा २७ जनाको सहभागीता रहेको थियो । तालिमका सहजकर्ता हरि सुबेदीले...
लैङ्गिक रूपान्तरण शिक्षा र शिक्षाशास्त्रमा क्षमता निर्माण सम्बन्धी तीन दिने तालिम शुरु

लैङ्गिक रूपान्तरण शिक्षा र शिक्षाशास्त्रमा क्षमता निर्माण सम्बन्धी तीन दिने तालिम शुरु

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, कात्तिक ९ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बालिका ससक्त परियोजना अन्तर्गत बर्दियाको गुलरियामा लैङ्गिक रूपान्तरण शिक्षा र शिक्षाशास्त्रमा क्षमता निर्माण सम्बन्धी ३ दिने तालिम शुरु भएको छ । तालिमको उदघाटन गर्दै पूर्व सिंचाई मन्त्री एवम बर्दियाका संघिय सांसद संजय कुमार गौतमले बिद्यालयमा लैङ्गिक रूपान्तरणमुखी शिक्षा लागु गर्नु पर्ने कुरा महत्वपूर्ण भएको बताउनु भयो । उहाँले लैङ्गिक रूपान्तरण शिक्षाको नीति निर्माणमा कार्य गर्ने कुरालाई जोड दिनु पर्ने बताउनु भयो । पूर्व मन्त्री गौतमले शिक्षाको क्षेत्रमा पछिल्लो समयमा धेरै काम भएको बताउनुभयो । बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको सभापतित्वमा सञ्चालन गरिएको तालिमको उदघाटन कार्यक्रममा गुलरिया नगरपालिका, शिक्षा, युवा तथा खेलकुद साखाका प्राबिधिक सहायक चन्द्र बहादुर खत्री...