एसइई ग्रेड बृद्धि परीक्षा शुरु, बाँकेबाट पाँच हजारभन्दा बढी विद्यार्थी सहभागी
सिराज खान
नेपालगन्ज, साउन २३ गते । बुधबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसइई ० को ग्रेड वृद्धि परीक्षामा बाँकेबाट पाँच हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका छन् ।
एसइई ग्रेड वृद्धि परीक्षाका लागि बाँके जिल्लाका १२ वटा परीक्षा केन्द्रमा पाँच हजार २२५ परीक्षार्थी परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख रामसुरेश यादवले बताउनुभयो ।
उहाँले गत चैत महिनामा भएको एसइईको परीक्षामा बाँकेका पाँच हजार ९९९ विद्यार्थीको एनजी आए पनि ग्रेड वृद्धि परीक्षाका लागि पाँच हजार २२५ जनाले मात्रै फारम भरेर परीक्षामा सहभागी भएको बताउनुभयो । प्रमुख यादवका अनुसार सो परीक्षाका लागि जिल्लाका पाँच वटा पालिकाका १२ वटा विद्यालय परीक्षा केन्द्र तोकिएको छ भने परीक्षा सञ्चालनका लागि ५३५ भन्दा बढी शिक्षकलाई परिचालन गरिएको छ ।
उहाँले नेपालगन्ज उपमहानगरमा चार वटा, कोहलपुर नगरपालिकामा चार वटा...









