समाजसेवी राजा खानद्धारा विद्यालयसम्म पहुँच बढाउन ६ किशोरीलाई साईकल वितरण
समाचारदाता
नेपालगन्ज, चैत १३ । मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसर पारेर नेपालगन्जका समाजसेवी युवा राजा खानको सहयोगमा ग्रामिण क्षेत्रका ६ जना विपन्न किशोरीहरुलाई साइकल बितरण गरिएको छ ।
विपन्न किशोरीको विद्यालयमा पहुँच बढाउन राप्तीसोनारी र नरैनापुरका ६ जना किशोरीलाई समाजसेवी तथा यूथ टुडे न्युज डटकमका कार्यकारी निर्देशक राजा खानद्धारा प्राप्त साईकल उपलब्ध गराईएको हो ।
फत्तेपुरमा आयोजना गरिएको रोजा खोल्ने कार्यक्रम सामूहिक इफ्तारपछि युथ टुडेका सम्पादक आलम खानले समाजसेवी खानद्धारा प्राप्त भएका ती साइकल बिभिन्न विद्यालयमा अध्ययनरत किशोरीहरुलाई हस्तान्तरण गर्नुभयो ।
विद्यालय टाढा भएका बिपन्न किशोरीहरुलाई आउजाउ गर्न सहजताका लागि साईकल दिइएको समाजसेवी खानले टेलीफोनमा नेपालगन्ज पाटीलाई बताउनुभयो ।
रोजा इफ्तार र साइकल वितरणको अवसरमा दावते इस्लामीका केन्द्रीय सदस्य हाजी अकिल कादरीले व...









