दिपेन्द्र बिष्ट–नवौं राष्टिय खेलकुदको सफल आयोजनका अहम पात्र
सिराज खान
पोखरा, असोज ३१ । देशको प्रमुख पर्यटकीय गन्तव्य सुन्दर नगरी पोखरा, जहाँ अहिले देशभरिका खेलाडी विभिन्न पदकका लागि प्रतिष्पर्धा गरिरहेका छन् ।
राम्रो मौसम, स्वच्छ वातावरण र अतिनै रमणीय दृष्यका विच अहिले यो नगरमा नवौं राष्टिय खेलकुद प्रतियोगिता भव्य रुपमा सञ्चालन भैरहेको छ ।
खेलको महाकुम्भ मानिने यो प्रतियोगिता आफैमा एउटा सबैभन्दा ठुलो आयोजन मात्र होइन यसको सफलता र असफलतामा सम्पुर्ण खेलाडी र खेलक्षेत्रको मान र प्रतिष्ठा समेत गाँसिएको छ ।
यस्ता ठुला आयोजनहरु सम्पन्न गर्न धेरै पहिलेदेखि धेरैले मिलेर लामो तयारी तथा संयोजन गर्नुपर्छ । खेलाडीले त प्रतियोगितामा पुगेर खेल सकेर पदक प्राप्त गरि वा नगरि फर्किन्छन् तर आयोजनको जिम्मेवारी पाएकाले लामो समयसम्म आफुलाई त्यसका लागि समर्पण गर्नुपर्छ ।
पोखरामा जारी नवौं राष्टिय प्रतियोगिताको सफलताका लागि सबैभन्दा बढी खटिने तथा भोक निन्द्राको समेत ...









