बिना बर्दिका नागरिकको शान्ति सुरक्षामा महत्वपूर्ण भुमिका–प्रहरी महानिरीक्षक सिंह
नेपालगञ्जपाटी डेस्क
नेपालगञ्ज, मंसिर १६ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिना बर्दिका नागरिकहरुको पनि शान्ती सुरक्षा कायम गर्ने सवालमा महत्वपूर्ण भुमिका रहने बताउनु भएको छ । शुक्रवार जिल्ला प्रहरी कार्यालय दाङको निरीक्षण भ्रमण तथा निर्देशन कार्यक्रममा बोल्दै उहाँले नागरिक र प्रहरी मिलेर नै बलियो शान्ती सुरक्षा कायम गर्न सकिने बताउनुभयो ।
समाजमा अपराधका स्वरुपहरु फेरिदै गएकाले अपराध नियन्त्रण गर्न प्रहरीलाई आधुनिक प्रबिधी मैत्री बनाउनु पर्ने प्रहरी महानिरीक्षक सिंहको जोड छ । कानुन कार्यान्वयनले नै समाजमा दण्डहिनता अन्त्य हुने भन्दै उहाँले प्रहरीलाई कुनै पनि प्रलोभनमा नपरेर नागरिकलाई राज्य भएको महसुस हुने गरि न्याय निरुपण गर्नुपर्ने बिचार ब्यक्त गर्नुभयो । पछिल्लो समय साइबरबाट हुने अपराध बढेकाले यसलाई न्युनिकरण गर्न प्रहरी नयाँ प्रबिधी अपनाउनु पर्ने उहाँले बताउनुभयो ।...









