बालविवाह र बालहिंसा रोक्न बर्दियाका अभिभवाकलाई विशेष तालिम
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, असोज १० । प्लान नेपाल को साझेदारीमा बाँके युनेस्को क्लबको आयोजनामा सकारात्मक अभिभावकत्व र अंतरपुस्ता सम्बाद प्रसिक्षक् प्रसिक्षण बर्दियाको गुलरियामा सम्पन्न भएको छ ।
बारबर्दिया मधुबन , ठाकुर बाबा र गेरुवा गाउँ पालिकाका १५ जना समुदाय सहजकर्ताको सहभागिता रहेको ८ दिने उक्क्त तालिममा सकारात्मक अभिभावकत्वका विभिन्न सीपहरु बारेमा सहजीकरण गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकिले बताउनुभयो । तालिमका बिसयबस्तुहरुमा आफ्ना बालबालिकाका बारेमा आमा बुवाको सपना र आशा , उनीहरुको सपना साकार पार्न अभिभावकको भूमिका ,बाल बालिकामा देखिने भिभिन्नाता र प्रारम्भिक बाल बिकाश ,बालबालिका र सकारात्मक अनुशासन , बाल संरक्षण र बालदुव्र्यवहार , बालबालिकाको तनाब ब्यबस्थापन बारे प्रसिक्षण दिईएको उहाँले बताउनुभयो ।
अंतरपुस्ता सम्बाद अन्तर्गत समुदायमा भयका विभिन...









