बाँके क्षेत्र नम्बर २ का उम्मेदवार पुर्वमन्त्री राई घरदैलो कार्यक्रममा व्यस्त, बिकास र सदभाव प्रमुख मुद्दा
समाचारदाता
नेपालगञ्ज, कात्तिक २ । यस पटकको निर्वाचनमा सर्वाधिक चर्चित रहेको बाँके क्षेत्र नम्बर २ का संघीय सांसदका उम्मेदवार जनता समाजवादी पार्टीका केन्द्रिय नेता तथा पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईले जनसम्पर्क र जन समर्थनलाई बढाउँदै अगाडी बढ्नु भएको छ । निर्वाचन क्षेत्रका सबै वडामा प्रचार कार्यालय स्थापना पश्चात घरदैलोमा व्यस्त हुनुभएका राईले विभिन्न पार्टीका नेता कार्यकर्तालाई जसपामा प्रवेश गराउने अभियान र जनतासंग प्रत्यक्ष भेट गरेर समस्या सुन्ने तथा समर्थन बढाउने अभियानलाई तिव्र पार्नु भएको छ ।
क्षेत्र नं २ मा आफ्नो चुनावी प्रचार प्रसारका क्रममा घरदैलो कार्यक्रमलाई अगाडी बढाउनु भएका नेता राईले जहाँ गएपनि मात्र बिकास र सदभावको नाममा सहयोग र समर्थन गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । उहाँको टोली जुन टोल र वडामा पुगेपनि जनताको राम्रो र भव्य स्वागतसंगै ठुलो समर्थनको प्रतिवद्धता जाहेर...









