मणिराम खरालले सम्हाले नरैनापुरको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी
नेपालगञ्ज, भदौ २८ । मणिराम खरालले नरैनापुर गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् । प्रमुख प्रशासकिय अधिकृत खरालले मंगलबारदेखि नरैनापुर गाँउपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा पदबहाली गर्नु भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खराललाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा गरेको थियो । यसअघि नरैनापुर गाँउपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृतको भूमिका निर्वाह गर्दै आउनु भएका भरत बस्नेत सोही पालिकाको लेखा अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको छ ।
पदवहाली भएसँगै खरालले प्रशासनको अभिभावकका रुपमा काम गर्ने बताउनुभयो ।
कोरोनाको पहिलो चरणमा नरैनापुर गाँउपालिकामा ७ महिना प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी निर्वाह गर्नु भएका खरालले संकटको समयमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै अहिले सुख्खाग्रस्त क्षेत्र नरैनापुरमा दोस्रो पटक आएको भन्दै गाँउपालिक...









