बाँकेको नरैनापुर गाउँपालिका सुख्खा क्षेत्र घोषणा, केन्द्र र प्रदेश सरकारसंग राहात प्याकेज माग
सिराज खान
नेपालगञ्ज, साउन २७ गते । लामो समयदेखि प्रयाप्त वर्षा नहुँदा धान रोपाई लगायत पानीको अभावमा अन्य खेतीबारी समेत हुन नसकेपछि बाँकेको नरैनापुर गाउँपालिकालाई सुख्खा क्षेत्र घोषणा गरिएको छ ।
पानीको अभावमा खडेरी परेको ठहर गर्दै गाँउपालिकाको कार्यपालिका बैठकले नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरेको हो ।
सिंचाइको व्यवस्था नभएकोले अधिकांश किसानहरु वर्षाको भरमा खेती गर्न बाध्य रहेको बताउदै गाँउपालिका अध्यक्ष ईश्तियाक अहमद शाहले यस पटक लामो समयदेखि वर्षा नहुँदा धान रोपाई नभएकोले सुख्खा क्षेत्र घोषणा गरिएको बताउनुभयो ।
उहाँले केही किसानले बैकल्पिक उपाय गरेर लगाएको धानवाली समेत नष्ट भईसकेको हुँदा किसान अतिनै समस्यामा परेको बताउनुभयो ।
चर्को गर्मीसंगै उक्त क्षेत्रमा पानी नपरेपछि अधिकांश कृषि योग्य जमिन बाँझो रहेको र पानीको स्रोतहरु सुक्न थालेपछि नरैनापुरमा पानीको अभाव हँुदा सो पालिकालाई सुख...









