नेपालगञ्ज मेडिकल कलेजमा प्रहरीको उपचारमा २५ प्रतिशतसम्म छुट दिने सम्झौता
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, असार १७ । अबदेखि नेपालगञ्ज मेडिकल कलेजका नेपालगञ्ज र कोहलपुरस्थित शिक्षण अस्पतालमा प्रहरीले उपचारमा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेज लर्डबुद्ध एजुकेशनल एकेडेमी बीच मध्यपश्चिम प्रहरी अस्पतालबाट रिफर भएर आएका प्रहरी, पुर्व प्रहरी र उनका परिवारलाई उपचारमा २५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।
सम्झौता अनुसार नेपाल प्रहरी अस्पतालबाट नेपालगञ्ज मेडिकल कलेजका शिक्षण अस्पतालहरुमा रिफर भएर आएका वहालवाला र पुर्व प्रहरीलाई जनरल, बेड चार्ज, जनरल ल्याव र रेडियोलोजीमा २५ प्रतिशत छुट दिने सम्झौता पत्रमा शुक्रवार हस्ताक्षर भएको मेडिकल कलेजको नेपालगञ्ज शिक्षण अस्पतालका सह निर्देशक डा. रोमन किदवाईले बताउनुभयो । यस्तै अन्य उपचारमा १५ प्रतिशत छुट दिने सम्झौता समेत भएको उहाँले बताउनुभयो ।
सोही प्रक...









