सिक्टा सिंचाई आयोजना – १८ वर्षमा ७० प्रतिशत काम सम्पन्न
नेपालगञ्ज, असार १ गते । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको सिफ्टा सिंचाई आयोजनाको निर्माण कार्य सुरु भएको १८ वर्ष बित्दा अझै ३० प्रतिशत काम बाँकी रहेको छ । सिफ्टा सिंचाई आयोजनाको काम कछुवा गतिमा रहेको छ । हाल सरकारले २४ वटा आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको छ ।
आवश्यकताका आधारमा भन्दा पनि लहडका कारण कतिपय आयोजना छनोट गरिँदा लामो समसम्म परियोजनाले गति लिन नसकेको पाइएको छ । आर्थिक वर्ष २०६०।६१ बाट सुरु भएको उक्त आयोजनाको हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको आयोजना निर्देशक डा सन्तोष कैनी बताउनुहुन्छ ।
लुम्बिनी प्रदेशको बाँके जिल्लामा अवस्थित सिफ्टा सिंचाइ आयोजना अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी ४२ हजार ७६६ हेक्टर भूमिमा भरपर्दो सिंचाइको लागि पानी उपलब्ध गराउन यो आयोजनाको निर्माण गरिएको हो । यस आयोजनाको पश्चिम मूल नहरले बाँके जिल्लाको राप्ती नदीको पश्चिम भेगको ३३ ह...









