नेपालगञ्जमा खालसा साजना दिवस र बैशाखी पर्वलाई धुमधामका साथ मनाइने
सिराज खान
नेपालगञ्ज, चैत २५ । सिख समुदायको ३२३ औं खालसा साजना दिवस तथा २०७९ सालको बैशाखी पर्वलाई नेपालगञ्जमा विविध कार्यक्रमको आयोजना गरेर भव्य रुपमा मनाइने भएको छ ।
नेपालगञ्ज सुर्खेतरोडस्थित गुरुद्धारामा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेर बैशाख १,२ र ३ गते भव्य रुपमा ३२३ औं खालसा साजना दिवस तथा २०७९ सालको बैशाखी पर्वलाई मनाइने जानकारी गराईएको हो ।
गुरुद्धारा श्री गुरुनानक सिंह सभा नेपालगञ्जका अध्यक्ष राजेन्द्रसिंह सरदारले गुरुनानक देव सेवा सोसाइटी इन्टरनेसनल युएसएको आयोजनामा तीन दिनसम्म विविध कार्यक्रमको आयोजना गरेर खालसा साजना दिवस र बैशाखी पर्वलाई भव्य रुपमा मनाइने तयारी भैरहेको बताउनुभयो ।
उहाँले खालसा साजना दिवस र बैशाखी पर्वको उपलक्ष्यमा आयोजना गरिने कार्यक्रम र समारोहलाई आ आफ्नो मिडियामार्फत संसारभरि फैलाउन सहयोग गरिदिन पत्रकारहरुसंग आग्रह गर्नुभयो ।
कार्यक्रम अनुसार बैशाख ...









