प्रधानमन्त्री कप भलिबलमा पहिलो पटक सहभागि हरियाणले उपाधी लिएर फर्किंदै
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत १४ । पहिलो पटक प्रधानम्नत्री महिला भलिबल प्रतियोगितामा सहभागि भएको भारतको हरियाणा स्पोर्टस् क्लबले प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको च्याम्पियन बन्दै उपाधी लिएर आफ्नो देश फर्किने छ ।
नेपालगन्जस्थित कभर्डहलमा सोमबार भएको उपाधि भिडन्तमा हरियाणाले विभागीय नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक फाइनलमा हरियाणाले पुलिसलाई २६–२४, २५–२१, २५–२३ ले हराएको थियो । उपाधिसँगै हरियाणाले ५ लाख रुपैया प्राप्त गरेको छ । दोस्रो भएको पुलिसले २ लाख ५० हजार प्राप्त गरेको छ ।
त्यसअघि सोमबार नै होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबमाथि २६–२४, २५–८, २६–२४ को सोझो सेटमा जित निकाल्दै विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।
यो सँगै आर्मीले डायमन्डलाई ल...









