राप्रपाका पुराना नेता मोहनसिंह केसीको निधन
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २०। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पुराना नेता मोहनसिंह केसीको विहिबार निधन भएको छ । नेपालगन्ज निवासी ७८ वर्षीय केसीको उपचारका क्रममा बिहीबार बिहान नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो ।
परिवारका अनुसार राप्रपा नेता केसीलाई लामो समयदेखी मधुमेह, रक्तचाप, मृगौला लगायत समस्या देखा परेको थियो । तर, केही दिन पहिले मात्र उहाँका छोरा त्रिलोक केसीको दुर्घटनामा परेर मृत्यु भएपछि पुत्र शोकका कारण उहाँको स्वास्थ्य अवस्था विग्रदै गएको थियो । सोही कारणले उहाँको निधन भएको परिवारका सदस्यले बताएका छन् ।
स्वर्गिय नेता केसीले राप्रपा बाँकेको अध्यक्ष तथा केन्द्रीय सदस्य भएर काम गर्नु भएको थियो । उहाँको पार्थिव शरिरमा राप्रपा महामन्त...









