दक्षिण अफ्रिकाबाट विमानको पाङ्ग्रामा लुकेर नेदरल्याण्डसम्म पुगेका व्यक्ति जीवितै फेला
एएफपी
नेपालगन्ज, माघ १० । कहिले काँही निकै आश्चार्यजनक समाचार सुन्न र देख्न पाइन्छ । सोही प्रकारको एक समाचार नेदरल्याण्डबाट आएको छ । प्राप्त समाचार अनुसार दक्षिण अफ्रिकाबाट विमानको अघिल्लो पाङ्ग्रामा लुकेर नेदरल्याण्डसम्म पुगेका एक व्यक्ति जीवितै फेला परेका छन् । ११ घण्टाको हवाई यात्रा त्यो पनि विमानको बाहिरी भाग अघिल्लो पाङ्ग्रामा लुकेर बसेका व्यक्ति जिवितै भेटिनु एक आश्चार्य नै हो ।
आइतबार दक्षिण अफ्रिकाको जोहनिसबर्गबाट उडेको कार्गोलक्सको मालवाहक विमानको नोज ह्वीलमा लुकेर बसेका व्यक्ति नेदरल्याण्डको एम्सटर्डमस्थित स्किपोल विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ परेका छन् । विमानको बाहिरी भागमा बसेर लामो यात्रा गर्दा पनि ती व्यक्ति जीवितै फेला पर्नुलाई आश्चर्यजनक मानिएको छ ।
डच प्रहरी प्रवक्ता योआना हेल्मन्ड्सले समाचार एजेन्सी एएफपीसँग भनेकी छन्, ‘विमानको नोज ह्वील भएको भागमा जीवित फेला परेका ...









