कोइराला समुहको पेलानमा परेका युवराज शर्मा बने राष्टियसभाका सांसद
नेपालगञ्ज, माघ १३ । नेपाली कांग्रेसभित्रको गुटबन्दीमा तत्कालीन सभापति सुशील कोइराला समूहको पेलानमा परेर किनारामा पुगेका बाँकेका पुराना नेता युवराज शर्मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।
शर्मा तिनै नेता हुन्, जो कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा शेरबहादुर देउवा सभापति हुँदा उपसभापति थिए । यति लामो राजनीतिक इतिहास भएर पनि अन्तरपार्टी संघर्षमा उनी सधैँ बहुमत पक्षको पेलानमा परिरहे । बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादको पक्षपाती शर्मा कांग्रेसका त्यागी नेताका रूपमा पश्चिम नेपालमा परिचित छन् ।
नेता शर्मा २०२४ सालदेखि पञ्चायत विरोधी आन्दोलनमा पटक पटक जेल परे । दर्जनौं पटक पक्राउ परे पनि प्रजातन्त्र स्थापनाका लागि लड्दै आएका उनी २०३० सालमा भूमिगतकालमै बाँके कांग्रेसको सचिव भएका थिए । उनी लामो समय शिक्षक पनि रहे । बेतहनी विद्यालय, खजुरा आदर्श मावि र महेन्द्र माविमा पनि उन...









