विविध

बाँकेमा युवतीको अपहरणपछि बलात्कार, दुई जना पक्राउ

बाँकेमा युवतीको अपहरणपछि बलात्कार, दुई जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार, विविध
जे पाण्डे नेपालगन्ज, ८ माघ । बाँकेको नेपालगन्जमा बस्दै आएकी जाजरकोटकी १८ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपालगन्ज बस्दै आएकी ती युवती फोटो खिच्न खजुरा गएका बेला अपहरणमा परेकी हुन् । सँगै गएका ३ जना केटा साथीलाई ५ जनाको समूहमा आएका युवाले कुटेर लखेटेपछि उनको अपहरण गरेका थिए । मोटरसाइकलमा राखेर पहिले जंगलमा पुर्‍याएर बलात्कार गरेको र त्यसपछि पुनस् घरमा ल्याएर बलात्कार गर्दागर्दै उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । प्रहरीका अनुसार खजुरा गाउँपालिका–२ स्थित पुलचोकबाट युवतीको अपहरण गरिएको थियो । युवतीका साथीहरुले दिएको सूचनामा आधारमा खोजी गर्दा जंगलमा बलात्कार गरेपछि पुनस् घरमै लगेर बलात्कार गर्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको बताएको छ । पछि अर्का एक जनालाई नियन्त्...
विहिबार नेपालगञ्जको तापक्रम यो वर्षकै सबैभन्दा कम, चिसो अत्याधिक

विहिबार नेपालगञ्जको तापक्रम यो वर्षकै सबैभन्दा कम, चिसो अत्याधिक

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, माघ ६ गते । बिहीबार नेपालगञ्जमा यस वर्षकै सबैभन्दा चिसो भएको छ । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका अनुसार बिहीबार यो वर्षको सबैभन्दा बढी चिसो मापन गरिएको हो । बिहीबार बिहानको तापक्रम ६।८ डिग्री मापन भएको छ । बुधबारसम्म यहाँको तापक्रम ९ डिग्रीसम्म पुगेको थियो । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख वरिष्ठ जल अधिकृत विनोद पराजुलीका अनुसार बिहीबार यो वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको हो । नेपालगञ्जमा सबैभन्दा कम सन् २०१३ को १० जनवरीमा ०।३ डिग्री सेल्सियस तापक्रम पुगेको रेकर्ड रहेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ । जल तथा मौसम विज्ञान कार्यालयका प्रमुख पराजुलीका अनुसार नेपालगञ्जको न्युनतम तापक्रम शनिवारसम्म घट्दै जाने अनुमान गरिएको छ । ( गोरखापत्र अनलाइनबाट साभार)...
दियो बाल्ने क्रममा सावधानी नअपनाउँदा आगलागी, ५ लाखको क्षति

दियो बाल्ने क्रममा सावधानी नअपनाउँदा आगलागी, ५ लाखको क्षति

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १९ कात्तिक । सावधानी नअपनाउँदा लक्ष्मी पुजा गर्ने क्रममा नेपालगञ्जको धम्बोझीमा विहिबार राती आगलागी भएको छ । दियो बाल्ने क्रममा गरिएको बेवास्ता र लापरवाहीले गर्दा नेपालगन्ज–१ धम्बोझीस्थित शिव मन्दिर नजिक रहेको चन्दा काँदुको घरमा राती साढे नौ बजे आगलागी भएको हो । प्रहरीले दिएको जानकारी अनुसार काँदुको एक तले पक्की घरमा आगलागी हुँदा करिव एक लाख जति नगद र पाँच लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । काँदुको घरमा डेरा गरी बस्ने आदित्य वर्नवालले लक्ष्मी पूजा गर्न बालेको दियोबाट आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताउनुभयो । उहाँले प्रहरीले पटक पटक होसियार भएर पर्व मनाउन आग्रह गरेपनि बेवास्ता गरिएपछि क्षति व्यहोर्नु परेको जनाउनुभयो । लक्ष्मी पुजा गर्ने क्रममा आगलागी भएपछि तत्कालै दमकल र प्रहरी पुगेर आगो निभाईएको थि...
धार्मिक सामाजिक एकता मन्चले अल्पसंख्यकमाथि अत्याचार रोक्न माग गर्दै ज्ञापन पत्र बुझायो

धार्मिक सामाजिक एकता मन्चले अल्पसंख्यकमाथि अत्याचार रोक्न माग गर्दै ज्ञापन पत्र बुझायो

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १४ कात्तिक । धार्मिक सामाजिक एकता मन्च नेपालले आइतवार जिल्ला प्रशासन कार्यालय बाँके मार्फत सरकारलाई ज्ञापनपत्र पठाउँदै पाकिस्तान, अफगानिस्तान र बंगलादेशका अल्पसंख्यक समुदायमाथि भैरहेको अत्याचार र विभेदको कडा निन्दा गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीलाई आइतवार बुझाईएको ज्ञापन पत्रमा विभिन्न देशमा भैरहेको अल्पसंख्यक माथिको अत्याचार विभेदको भत्र्सना गर्दै भारतको त्रिपुरा राज्य लगायतका ठाउहरूमा जाति धर्मको नामबाट मुस्लिम र दलीत लगायत अल्पसंख्यक समुदायमाथि भै रहेको आक्रमणलाई आतंकवादी हमलाको संज्ञा दिंदै निन्दा गरिएको छ । ज्ञापनपत्रमा भनिएको छ – त्यस्ता दुष्ट आतंकवादी मानसिकताको हामी नेपाली कडा भर्त्सना गर्दछौ । यस्ता मानवता विरोधी दूषित मानसिकताका आतंकवादी संघ संगठनहरूलाई कडा सजाय दिलाउन पहलको लागि नेपाल सरकारसंग अपील गर्दछौं । सो ज्ञा...
नेपाल–भारत सीमानामा परिचयपत्र लागु गर्ने तयारी, नेपालले प्रस्ताव गर्दै

नेपाल–भारत सीमानामा परिचयपत्र लागु गर्ने तयारी, नेपालले प्रस्ताव गर्दै

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १४ कात्तिक । नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै अवैध घुसपैठ हुँदा सुरक्षा चुनौती बढेको महसुस गर्दै नेपाल सरकारले भारत सरकारसमक्ष परिचयपत्रको व्यवस्था प्रस्ताव राख्ने तयारी गरेको गृह मन्त्रालयले जनाएको छ । खुला सीमा नाका प्रयोग गर्दै अफगानिस्तान, म्यान्मारलगायतका मुलुकबाट नेपाल पसेकाहरूले शरणार्थीका रूपमा नेपालमै बसोबास गर्न थालेको भेटिए लगत्तै गृह मन्त्रालयले सरोकारवाला निकायहरूसँग छलफल गरेको थियो। छलफलमा सहभागीहरुले नेपाल–भारत दुवै देशका नागरिकलाई आवतजावतका लागि परिचयपत्रको व्यवस्था गर्नुपर्ने र त्यसका लागि कूटनीतिक पहल थाल्नुपर्ने सुझाव दिएका थिए । सो छलफलमा दुई देशका नागरिक आवतजावतका लागि परिचयपत्रको व्यवस्था गर्नुपर्ने सुझाव आएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलले बताउनुभयो। दुबै देशले एक अर्काको देशमा आवतजावत गर्दा परिचय पत्र...