बर्दियाका पालिकाहरुमा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन
समाचारदाता
बर्दिया, भदौ ८ गते । बर्दियाका बिभिन्न पालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन गर्ने कार्य शुरु गरिएको छ । सो क्रममा जिल्लाको बढैयाताल गाउँपालिका र गुलरिया नगरपालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन गरिएको हो ।
युवाहरूलाई एकताबद्ध गर्दै नेतृत्व विकास, सार्थक सहभागिता, सञ्जाल विस्तार, पैरवी तथा समुदायमा सकारात्मक सामाजिक रूपान्तरणका लागि सक्रिय बनाउने उद्देश्यले पालिकाहरुमा क्लबको गठन शुरु गरिएको जनाईएको छ ।
पूर्वसहभागी युवा क्लबको गठनसँगै सदस्यहरूको भूमिका तथा जिम्मेवारी, सञ्जाल विकास तथा पैरवी, अभियान निर्माण, व्यावसायिक क्लब व्यवस्थापन, युवा सहभागिता तथा युवाको नेतृत्वमा सामाजिक रूपान्तरणका पहलहरू सम्बन्धमा अभिमुखीकरणसमेत प्रदान गरिएको थियो ।
बढैयातालको कार्यक्रम उदघाटन सत्रमा बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको उपस्थिति रहेको थियो ...









