साहित्यकार सागर गैरेको चर्चित उपन्यास ‘मोहोर’ को बिमोचन
समाचारदाता
नेपालगन्ज, साउन १९ गते । कोहलपुरका साहित्यकार सागर गैरेको तेस्रो कृति उपन्यास ‘मोहोर’ को शनिवार बाँकेको कोहलपुरमा बिमोचन गरिएको छ ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले आयोजना गरेको एक कार्यक्रममा प्राध्यापक डा. कृष्ण प्रसाद घिमिरे, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल अन्जान, लेखकका पिता तथा उपन्यासका मुख्य पात्र घनश्याम गैरे, लेखककी पत्नि यशोदा गैरे र लेखक सागर गैरेले संयुक्त रुपमा उपन्यास ‘मोहोर’ को बिमोचन गर्नुभयो ।
सो अवसरमा उपन्यासका बारेमा चर्चा गर्दै प्राध्यापक डा. जनार्दन आचार्यले उपन्यासमा चौरासी वर्ष पार गरिसक्नुभएका आफ्ना बाको जीवन र कर्मका अनेकौं चित्र उतारिएको बताउनुभयो ।
उहाँले सामाजिक संघर्ष, पारिवारिक संघर्षका क्रममा एउटा आम मान्छकोे भोगाइजस्तै बाले भोगेका पीडा, अभाव र त्यसबाट प्राप्त गरेका तीता–मीठा अनुभूति उपन्यासमा समेटिएकोले यो क...









