गुलरिया नगरपालिकाको वडा नम्बर आठ पनि बालविवाहमुक्त वडा घोषणा
समाचारदाता
नेपालगन्ज, असार ७ । बर्दिया जिल्लाको गुलरिया नगरपालिकालाई बालविवाहमुक्त पालिका बनाउने अभियान अन्तर्गत वडाहरुलाई धमाधम बालबिवाहमुक्त घोषणा गरिंदैछ ।
सोही क्रममा प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब अन्य संघसंस्थाको सहकार्यमा गुलरिया नगरपालिकाले गुलरियाको वडा नम्बर ८ लाई पनि बालविवाहमुक्त वडा घोषणा गरेको छ । यसअघि केही दिन पहिले मात्र वडा नम्बर १२ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको थियो ।
गुलरिया वडा नम्बर ८ मा आयोजना गरिएको एक बृहत् समारोहमा सो वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो । वडा नम्बर ८ का वडा अध्यक्ष धर्मेन्द्र कुमार बानियाँको अध्यक्षतामा सम्पन्न भएको बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले सो वडालाई बालविवाहमुक्त घोषणा गर्नुभयो ।
उहाँले गुलरिया नगरपालिकालाई सन् २०८१ भित्र बालविवाहमुक्त नगरपालिका बनाउने लक्ष्य पुर...









