उद्योगी व्यवसायीद्धारा आर्थिक अवस्था सुधार गर्न सरकारको ध्यानाकर्षण
नेपालगञ्ज उद्योग वाणिज्य संघको ३१ औं साधारणसभामा चिन्ता व्यक्त
सिराज खान
नेपालगञ्ज, फागुन १३ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले देशको आर्थिक अवस्था जर्जर बन्दै गएकोले सो मा तत्काल सुधारका लागि सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।
नेपालगञ्ज उद्योग वाणिज्य संघको ३१ औं साधारणसभाको शनिवार नेपालगञ्जमा उदघाटन गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले बैंकको व्याज, लगानीको अवस्था र खस्कदैं गएको व्यापार व्यवसायका कारण निजि क्षेत्र धराशायी बनेको बताउनुभयो । उहाँले आर्थिक क्षेत्रमा यति ठुलो संकट आइसक्दा पनि सरकारले त्यसको सामाधानका लागि कुनै ठोस योजना र कार्यक्रम अगाडी सार्न नसकेकोले आउने दिन अझै कष्टकर हुनसक्ने चेतावनी पनि दिनुभयो ।
देशको आर्थिक अवस्थाका बारेमा पटक पटक सरकारको ध्यानाकर्षण गराईएपनि ठोस कदम नचालिएको गुनासो गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले द...









