बि ग्रुपद्धारा दुई संस्थालाई शुसासन र क्षमता विकास तालिम प्रदान
समाचारदाता
नेपालगञ्ज, पुस ७ । बि ग्रुपले बाँकेका दुई वटा संस्थाको क्षमता विकासका लागि नेपालगञ्जमा तीन दिने सुशासन तथा क्षमता विकास तालिम सम्पन्न गरेको छ ।
जीआइजेड नेपाल र एमडीएम फ्रान्सको साझेदारीमा बि ग्रुपद्धारा सञ्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत बाल्मिकी समाज नेपाल र बाँके कवाडी मालसमान व्यवसायी संघका पदाधिकारी र कार्यसमितिका सदस्यहरुलाई तीन दिने क्षमता विकास तालिम प्रदान गरिएको हो ।
सो तालिमको उदेश्य संस्थागत विकास, सुशासनको क्षेत्रमा सबलिकरण गर्दै संस्थागत व्यवस्थापन र कार्यसमितिको निर्णय गर्ने प्रक्रिया, पदीय जिम्मेवारी वहन गर्ने क्षमता अभिबृद्धि, साधारणसभा गर्ने प्रक्रिया, पब्लिक अडिट र आर्थिक अडिट कहिले र कसरी गर्ने बारेमा प्रशिक्षण दिएर सक्षम बनाउने रहेको परियोजनाका व्यवसाय विकास अधिकृत समद सिद्दिकीले बताउनुभयो ।
तालिममा संस्थाको अनुगमन र मुल्यांकन...









