बालबिवाह अन्त्यकालागि पाँच बुँदे बाँसगढी घोषणापत्र जारी
समाचारदाता
नेपालगञ्ज, फागुन १४ । बालविवाह अन्त्यका लागि बर्दियाको बासगढीमा पाँच बुँदे घोषणापत्र जारी गर्दै अन्तर धार्मिक संजाल संचालन तथा ब्यबस्थापन सम्बन्धी मस्यौंदा कार्यबिधी तयारीको ३ दिने कार्याशाला गोष्ठि सम्पन्न भएको छ ।
बाँसगढी नगरपालिकाको समन्वय र प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दिया जिल्लामा संचालित बालबिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत सो कार्यशाला गोष्ठिको आयोजना गरिएको थियोे ।
तीन दिनसम्म संचालन गरिएको सो गोष्ठि बालबिवाह अन्त्यका लागि ५ बुदे बाँसगढी घोषणा पत्र जारी गर्दै सम्पन्न गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।
जारी गरिएको घोषणा पत्रमा नगरपालिकाभित्र रहेका सबै सरोकारवालाले बालविवाह अन्त्यका लागि निरन्तर प्रयत्नशिल रहने, चालु आवमा नगरका दुई वडालाई वालविवाह मुक्त वडा घोषणा गरिने, बालविवाह रोक्न जनता माझ...









