मन्त्री राईद्धारा एकैदिन नेपालगञ्ज–गुलरिया सडक र पाँच ट्राफिक सिग्नल लाइट निर्माणको शिलान्यास
विकासका काम देखेर विकासविरोधीहरु अत्तालिएका छन्–मन्त्री राई
सिराज खान
नेपालगन्ज, भदौ २९ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले भौतिक मन्त्रालय सम्हालेको २ महिनामै आफूले गरेको कामदेखि विकासविरोधीहरू अत्तालिएको बताउनु भएको छ । उहाँले बुधवार नेपालगन्ज गुलरिया सडकखण्ड स्तरोन्नतिका लागि नेपालगञ्जमा शिलान्यास गर्दै सो बताउनु भएको हो ।
शिलान्यास मात्र हुन्छ काम हुँदैन भनेर टिप्पणी गर्नेहरूलाई जवाफ दिँदै मन्त्री राईले भन्नुभयो, सहरी विकास मन्त्री भएको बेला र त्यसअघि पछि पनि आफुले शिलान्यास गरेका सबै योजना मध्ये केही पुरा भएका छन् भने केही पुरा हुने क्रममा छन् । आफुले शिलान्यास गरेको कुनै पनि योजना अलपत्र नपरेको दावी गर्दै उहाँले यस पटक शिलान्यास गरिएका सबै योजना पनि छिटै शुरु हुने र निर्धारित समयमा पुरा हुने दावी गर्नुभयो ।
विकास विरोधीहरुले धर्मको नाममा जनालाई विभाजित गर...









