नेपालगञ्जको न्युरोडमा बाँदर आतंक, घरमा पसेर सामान तोडफोड गरे
समाचारदाता
नेपालगञ्ज, १५ भदौ । गत केही दिनयता नेपालगञ्नजमा बाँदरको एक हुलले आतंक मच्चाउदै आएको छ । नेपालगञ्जको न्युरोड, ईदगाह रोड लगायतका घरहरुमा पसेर सामान तोडफोड गर्ने बालबालिकामाथि झपटने जस्ता कार्य उनिहरुले गर्दै आएका छन् । सोही क्रममा बुधवार बिहानै न्युरोडको एक घरमा पसेर बाँदरको एक हुलले तोडफोड गरि आतंक मच्चाएको छ । बुधबार बिहान करीब ७ बजेतिर नेपालगन्जको न्युरोडस्थित शैजी खान बस्ने घरको तेस्रो तल्लाको फ्लयाटमा पसेर बाँदरको एकहुलले तोडफोड गरेर आतंक मच्चाएको खानले बताउनुभयो ।
खानका अनुसार बाँदरको एक हुलले एक्कासि घरभित्र पसेर इन्टरनेट राउटरको तार, काँचको भाडा र बिस्तारामा दिसापिसाब गरी सरसामानहरू तोड्फोड गरेर आतंक मच्चाएका थिए। बाँदरको यस्तो आतंकले गर्दा घरकाभित्र रहेका महिला, बच्चा लगायतका मानिसहरू समेत आतन्कित बनेको उहाँले बताउनुभयो ।
बिगत केही दिनदेखि नेपालगन्जमा बाँदरको आतंकले गर...









