बर्दिया मधुवनमा मानवबेचविखन तथा ओसारपसार नियन्त्रण समितिको बैठक सम्पन्न
समाचारदाता
नेपालगन्ज, बैशाख १३ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय मानवबेचविखन तथा ओसारपसार नियन्त्रण समितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा मधुवन नगरपालिकामा सञ्चालन गरिएको सुरक्षा परियोजना अन्तर्गत सो बैठकको आयोजना गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो ।
उहाँले मानवबेचविखन तथा ओसार पसार रोक्न समितिले बिभिन्न कार्यक्रम तथा योजना बनाउनका लागि यो बैठकको आयोजना गरेको बताउनुभयो ।
सो बैठकको अध्यक्षता गर्दै मधुबन नगरपालिकाका उपमेयर तथा सो समितिका सदस्य अनिता चौधरीले यो समितिले स्थानीय सरकारको उदेश्य र कार्यक्रमलाई सुदृढ पार्ने दिशामा महत्वपूर्ण कार्य गर्ने जनाउँदै मानवबेचविखन तथा ओसारपसार रोक्न सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले यो महत्वपूर्ण बैठकले मधुवनको स्थानीय सरकारला...









