सीमावर्ती क्षेत्रमा मानव बेचबिखन नियन्त्रणकालागि इन्डो–नेपाल समन्वय बैठक
समाचारदाता
नेपालगन्ज, चैत ५ । सीमावर्ती क्षेत्रमा बढ्दो मानव बेचबिखन नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्यले बर्दियाको गुलरिया नगरपालिकामा इन्डो–नेपाल समन्वय बैठक सम्पन्न भएको छ ।
बाँके यूनेस्को क्लबको आयोजना र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सो इन्डो–नेपाल समन्वय बैठक सम्पन्न भएको हो ।
नेपाल–भारत सीमाक्षेत्रमा सक्रिय मानव बेचबिखन सञ्जाललाई कमजोर पार्न तथा सरोकारवाला निकायबीच सहकार्य र समन्वय मजबुत बनाउने उद्देश्यका साथ उक्त बैठक आयोजना गरिएको हो ।
बाँके यूनेस्को क्लबका कार्यकारी निर्देशक रवि कुमार तुलाधरको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरी, राजापुर नगरपालिकाकी उपप्रमुख मनकला कुमारी चौधरी, महिला तथा बालबालिका शाखाका प्रतिनिधिहरू, जिल्ला प्रहरी कार्यालय बर्दिया, इलाका प्रहरी कार्यालय राजापुरका अधिकारीहरू तथा मानव बेचबिखन विरुद्ध काम गर्ने विभिन्न ...









