राजापुरमा बालबेचविखन नियन्त्रणका सवालमा अन्तरपुस्ता संवाद
समाचारदाता
नेपालगन्ज, भदौ ८ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत बर्दियाको राजापुर नगरपालिकामा बाल बेचबिखन विरुद्धको प्रभावकारी संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
बालबेचविखन नियन्त्रणको सवालमा सो अन्तरपुस्ता संवाद कार्यक्रम राजापुर नगरपालिका– वडा नं. ६ मा सम्पन्न गरिएको क्लबले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि राजापुर नगरपालिकाकी उपप्रमुख मनकला कुमारी चौधरीले यस्ता संवाद र चेतनामूलक कार्यक्रमले समुदायभित्र सचेतना अभिवृद्धि गर्न, सहकार्य सुदृढ बनाउन र बालबालिकाको सुरक्षित भविष्यकालागि मार्गचित्र कोर्ने बताउनुभयो ।
उहाँले यो कार्यक्रमले सहभागि सबै सरोकारवालाबिच सामूहिक प्रतिबद्धता जगाउन प्रेरणादायी भूमिका खेलेको जनाउँदै एकता र दृढ संकल्पकासाथ सबैले मिलेर बाल बेचबिखन जस्तो गम्भीर समस्याको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्...









