बर्दिया जिल्लाका चार पालिकाका युवाहरु सहभागि युवा भेला सम्पन्न
समाचारदाता
नेपालगन्ज, जेठ ३० । ‘युवा नेतृत्व विकास र स्थानीय तहमा युवा सहभागिता ः सबैको मानव अधिकारको सुनिश्चितता’ भन्ने मुल नाराका साथ बर्दिया जिल्लामा युवा भेला सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लबद्धारा प्लान ईन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालन गरिएको शसक्त बालिका परियोजना अन्र्तगत आयोजित सो भेलामा युवाहरुको स्थानीय तहमा बस्तीस्तरबाट योजना छनौट प्रकृया, योजनातर्जुमा प्रकृयाको सातवटा चरणहरुमा सहभागिता, भुमिका, युवा लक्षित कार्यक्रमको प्राथमिकता, स्थानयि तहमा युवाको अर्थपुर्ण सहभागिताका लागि वकालत तथा पैरवी गर्नेबारे बृहत्त छलफल भएको थियो ।
सोही प्रकारले सो भेलामा युवा क्लव र किशोरी क्लवहरुको सामुदायिक जवाफदेहिता र सामुदायिक सहभागिता, स्थानीय सरकारलाई युवामैत्री सेवा, वातावरण र कार्यढाँचा र उत्तरदायित्व र नीतिगत व्यवस्था प्रभावकारी कार्यान्वयनकालागि क्षमताअभिबृद्धि समेत गरिएको बाँके य...









